२०८१ माघ ३ गते बिहिवार

विद्यार्थी नेता दिपक भण्डारी जन्मदिनमा दिए दृष्टिविहिन विद्यार्थिहरुलाई न्यानो कपडा उपहार


दाङ, माघ ११ । नेपाल विद्यार्थि संघ जिल्ला समिति सदस्य दिपक भण्डारीले आफ्नो जन्मदिनको अवसर पारी दृष्टि विहिन विद्यार्थिहरुलाई जाडोमा लगाउने न्यायो कपडा सहयोग गर्नु भएको छ ।

तुलसिपुर उपमहानगरपालिका वार्ड नं ४ गुरु जजुर मावि रक्षाचौरमा १ कक्षा देखी १२ कक्षासम्म अध्ययनरत ३५ जना दृष्टिविहिन विद्यार्थिहरुलाई जन्म दिनमा भण्डारीले न्यानो कपडा सहयोग गरेका हुन् । उनिहरुलाई जन्म दिनमा न्यानो कपडासहीत खाजा खुवाउन पाँउदा आफु अत्यन्तै हर्षित भएको पनि बताए ।

फेमिलि होलिडेज ट्राभल्स एण्ड टुरका सञ्चालक समेत रहेका भण्डारीले भने-जन्मदिनमा अनावश्यक भड्किलो खर्च गर्नु भन्दा मेरो सानो सहयोगले कसैलाई थोरै भएपनि राहत हुन्छ भन्ने सोचेर सहयोग गरेको हुँ ।” विद्यार्थि राजनितिसंगै ब्यवसायमा भण्डारी कृयाशिल रहदै आएका छन् । सो अवसरमा विद्यालयका प्रधानाध्यापक, नेविसघका विभिन्न क्याम्पसका इकाई कमिटिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक विष्णु केसिको प्रमुख आतिथ्यतामा भएको न्यानो कपडा हस्तान्तरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रनव कुमार खड्का, नेविसंघका पुर्व केन्द्रिय सदस्य युवराज खड्का, काग्रेसका वडा इकाई सचिव किशोर भण्डारी, सुनिल डिसि, टोपेन्द्र खड्का, ओपेन्द्र खत्रि लगायतकाको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७६ माघ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *