माघ ५ । नेपाली काङ्रेस दाङ क्षेत्र न. ३ का उपसभापती , युवा ब्यवसायी तथा समाजसेवी प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसर पारी दुबै मृगौला पिडीतलाई आर्थिक सहयोग गरेका छन ।
तुलसीपुर उपमहानगरपालिका वार्ड नं ९ सल्लिबनका ५५ बर्षिय सार्कु वलिलाई बस्नेतले ६,१०५ रुपैया सहयोग गरेका हुन् । ‘जन्मदिनको अवसरमा अनावश्यक भड्किलो खर्च गर्नु भन्दा मेरो सानो सहयोगले कसैलाई थोरै भएपनि राहत हुन्छ भन्ने सोचेर सहयोग गरेको’ बस्नेतले बताए ।
प्रकाशित मिति : २०७६ माघ ५ गते आइतवार