२०८२ असार २४ गते बुधवार

पत्रकार कुसारीकाे प्राविधिक खर्चमा विद्युत तार विस्तार


गाेल्टाकुरी, पुस २८ । दाङका पत्रकार देविराम कुसारीकाे प्रविधिक खर्चमा दंगिशरण २ नमुना राेड सरुवाडाडामा विद्युत तार विस्तार भएकाे छ ।

पत्रकार कुसारीले विद्युत शाखा कार्यालय तुलसीपुरसंग समन्वय गरि साे तार विस्तार गरेका हुन् । तार ढुवानि र विस्ताका लागि प्राविधिक खर्च अाफुले व्यक्तिगत रुपमा व्यवस्था गरेकाे पत्रकार कुसारीले जानकारी दिएका छन् ।

पत्रकार कुसारीकाे निजि खर्चमा ठारीखाेलेकाे घर देखि करिव दुई सय मिटर तार विस्तार गरीएकाे हाे । विद्युत शाखा कार्यालय तुलसीपुरका प्राविधिक महेश खड्का, गाेपिलाल चाैधरी लगाएतकाे टाेलिले अाजै (साेमावार) तार विस्तार गरी स्थानियकाे घरमा नजिकै वाट तार जडान गरिदिएकाे छ ।

यसरी तार विस्तार भएपछि टाढा वाट सर्भिस तारमा लाग्ने खर्च, पटक पटक तार चुडिने लगाएत बिजुलि स्पार्किङ्काे समस्या वाट स्थानियवासी मुक्त भएका छन् ।

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *