२०८१ असोज २९ गते मङ्गलवार

राप्ती बबई क्याम्पसमा रक्तदान


तुलसीपुर, मंसिर १२ । राप्ती बबई क्याम्पस तुलसीपुरले आफ्नो ३०आंै बार्षिक उत्सवको अवसर पारेर बिहीवार रक्तदान कार्यक्रम गरेको छ । क्याम्पस पूर्व विद्यार्थी समाजका संयोजक रन्जन कोईरालाको अध्यक्षता भएको रक्तदान कार्यक्रममा क्याम्पसका विद्यार्थी,शिक्षक, कर्मचारी लगाएत २२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाले क्याम्पस भित्र गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यका साथ लाग्न शिक्षकलाई आग्रह गरेका थिए । उनले विद्यार्थीलाई अनुशासित भएर अध्ययन गर्न सुझापनि दिएका छन् ।

नेपाल रेडक्रस सासाईटी घोराही शाखाले रक्त दान कार्यक्रमको व्यवस्थापन गरेको हो । विद्यार्थी रेशम खरालले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्याम्पसका साहायक प्राध्यापक हिमाल कंडेलले गरेका हुन ।

त्यस्तै वार्षिक उत्सवको अवसरमा मुखको स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रमपनि भएको छ । विआर डेण्टल हस्पिटल प्राली तुलसीपुरका संचालक वीपी भुसालको टोलीले विद्यार्थीलाई प्रशिक्षण दिएको हो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *