२०८१ असोज २४ गते बिहिवार

जनता बैंकद्धारा छात्राबृत्ति वितरण


सल्यान, मंसिर २ । सल्यानको श्रीनगरस्थित जनता बंैक लिमिटेडले स्कुले विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । शारदा नगरपालिकाको माल्नेटामा रहेको त्रिभुवन जनता माबिका दुई जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति श्रीनगर शाखाले वितरण गरेको हो ।

विद्यालयका कक्षा १० मा अध्यनरत छात्र नरेन्द्र नाथ र कक्षा ९मा अध्यनरत छात्रा सरस्वती न्यौंपानेलाई जनही ५ हजार बराबरको छात्रबृत्ति रकम वितरण गरिएको जनता बैंकका एक कर्मचारी गोविन्द शर्माले जानकारी दिए ।

बिद्यालयका प्रधानाध्यापक वायुकुमार ब्राह्मणको अध्यक्षता र शारदा नगरपािलकाका वडा नं. १५ का वडा अध्यक्ष हिमेन्द्रबाबु सेजवालको प्रमुख आतिथ्यतामा छात्रबृत्ति वितरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षाको उन्न्यनका लागि बैकले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकका शाखा प्रबन्धक सुबोध ज्ञवालीले बताए । विद्यार्थीको पढाईप्रति उत्पेरणा प्रदान गर्न बैंकले छात्रबृत्ति प्रदान गरेको उनले बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *