२०८१ असार ३० गते शनिवार

आचार्यले मावि भ्यूडरलाई ५ लाख सहयोग गरे


शरद रेग्मी,
तुलसिपुर,कार्तिक ९ । तुलसिपुर उपमहानगरपालिका सस्थापक मेयर शंकरप्रसाद आचार्यले बिरेन्द्र माबि भ्यूडहर सुनपुरलाई ५ लाख नगद प्रदान गरेका छन् । साथै उनले थप १ लाखको अक्षय कोष स्थापना गरेका छन् ।आचार्यले विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न ५ लाख नगद सहयोग गर्नुका साथै आफ्ना बुवा आमाको स्मृतिमा थप १ लाखको देब अम्बिका स्मृती छात्रवृत्ति अक्षकोष स्थापना गरेका हुन ।

आचार्यले एक लाख रुपैंया छात्रवृत्ति र पाँच लाख रुपंैया बिधालयको भौतिक पूर्वाधार निर्माणगर्न भन्दै सहयोग प्रदान गरेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चुडामणि ढकालले जानकारी दिए ।

बिधालयका प्रधानाध्यापक मदनकुमार शर्माले आचार्यले स्थापना गर्नुभएको अक्षकोषबाट हरेक बर्ष ब्यबस्थापन समितिको निर्णय अनुसार जेहेन्दार बिधार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *