२०८१ असोज २९ गते मङ्गलवार

७० वटा गाई गौशालामा लगियो


दाङ,असोज १८ । तुलसीपुर बजार क्षेत्रमा रहेका ७० वटा गाई गौशालामा लगिएको छ । वजार क्षेत्रमा रहेका छाडा चौपायाहरुको व्यवस्थापन गर्न गाईलाई गौशालामा लगिएको हो ।

कार्यपालिका सदस्य दिपक कुमालको अग्रसरतामा वजार क्षेत्रमा रहेका ७० वटा गाई शनिवार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गोलौरामा रहेको तुलसी गौशाला संरक्षण समितिलाई हस्तान्तरण गरिएको छ ।

उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि तुलसी गौशाला सहकारी संस्था गठन गरेर छाडा गाई गोरु व्यवस्थापनको काम गर्दे आएको छ ।

 

 

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *