दाङ,असोज ५ । घोराहीमा एक युवकलाई खुकुरी प्रहार गरेर फरार युवालाई प्रहरीले झन्डै एक महिनापछि पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी १८ बर्षीय त्रिशक्ति बतौलालाई गत भदौ ७ गते खुकुरी प्रहार गरि फरार घोराही १४ गुरुवागाउँ निवासी १७ बर्षीय राज थापा मगरलाई प्रहरीले आइतवार विहान घोराही बाट पक्राउ गरेको छ ।
बतौलालाई खुकरी प्रहार गरेको अभियोगमा यस अघि नै अर्का युवा पक्राउ परिसकेका थिए ।
प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार