दाङ।
तुलसीपुरको एक घरमा आगो लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँ स्थित एक घरमा आगो लाग्दा लाग्दा ३३ बर्षीय अजय उराउको मृत्यु भएको दाङका निमित्त प्रहरी प्रमुख रामप्रशाद घर्तीले जानकारी दिए । विद्युत सर्ट भएर घरमा आगो लाग्न पुग्दा सुनसरी जिल्लाको भोक्ता गाउँपालिका वडा नं. ६ निवासी उराउको मृत्यु भएको प्रहरी प्रवक्ता एवं डिएसपी घर्तीले जानकारी दिए गए राति ११ बजेतिर विद्युत सर्ट भएर आगो लाग्दा उराउ घरमा एक्लै सुतेका थिए । विद्युत सर्ट भइ सल्केको आगोले ग्याँस सिलिण्डर पनि विष्फोट भएपछि उराउको जलेर घर भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरी निवासी उराउ ग्याविन तारको जाली बुन्ने कामका लागि दाङ आएका थिए । ठेकेदार दिलिप गुरुङको सम्पर्कमा उराउसहित चार जना तुलसीपुरमा आएर उक्त काम गर्दै आएको भएपनि अन्य तीन जना तिहार मान्न घर गएको समयमा घरमा आगो लागेको प्रहरीले बताएको छ । उनीहर टरिगाउँ स्थित रामप्रशाद पौडेलको जग्गा भाडामा लिएर उनीहरु कच्ची घर निर्माण गरि बस्दै आएको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।