दाङ , साउन २६ ।
कञ्चनपुर प्रहरीले पेस्तोलसहित चार युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोदाबरी नगरपालिका – १ का २० बर्षीय पारस रोकाया, बेल्डाडी गाउँपालिका –३ का १८ बर्षीय बपिन सिंह, सोही ठाउँका २० बर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका – ६ का राजेन्द्र सिंह गोयला पक्राउ परेका हुन ।
वडा प्रहरी कार्यालय महेन्द्रनगर बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार दिउँसो ४ बजेतिर भिमदत्त नगरपालिका – १८ सालघारीबाट नियन्त्रणमा लिएको थियो ।
आशंका लागि चेकजाँच गर्ने क्रममा मोवाइलमा पेस्तोलको फोटो तथा भिडियो देखिएपछि थप अनुसन्धान गर्दै जाँदा बिपिन सिंह बस्दै आएको भाडाको कोठा बाट एउटा पेस्तोल फेला परेको थियो ।
जिल्ला प्रबक्ता डिएसपी टेकबहादुर रावतका अनुसार भिमदत्त – १८ मामा भान्जा चोकस्थित सिंहको कोठा खान तलासी गर्ने क्रमम पेस्तोल फेला परेको थियो ।
पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
