२०८३ साउन २६ गते मङ्गलवार

प्यूठानमा जीप दुर्घटना – ८ जना घाइते

दाङ , साउन २६ ।

प्युठानमा मंगबलबार बिहान भएको जीप दुर्घटना परि आठ जना घाइते भएका छन् ।

दुर्घटनामा परि जिल्लाको गौमुखी गाउँपालिका–७ नारीकोटकी २८ बर्षीया रबी सुनारलाई बढी चोट लागेको छ । उनलाई जिल्लाको प्रारम्भी उपचार पछि थप उपचारका लागि घाइतेमध्ये बुटवल रिफर गरिएको छ।


दुर्घटनाका घाइते मध्य अन्य सात घाइते गौमुखी गाउँपालिका–७ नारीकोटकी ५० बर्षीया गीता गिरी, २७ बर्षीया सावित्रा परियार, ३३ बर्षीया लक्ष्मी विक, ३५ बर्षीया सीता रोका, उनका १० बर्षीय छोरा रबिन रोका, ५ बर्षीय सरप्राइज केसी र गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ की २८ बर्षीया शान्ता परियारको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार जारी छ । उनीहरुको अवस्था सामान्ने रहेको पनि प्रहरीले जनाएको छ ।
जिल्लाको नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको लु.१ ज. ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स गाडी ब्रेक फेल भइ झिमरुक गाउँपालिका–३ लामासेरामा सडकमा पल्टिएको थियो ।
प्रहरीका अनुसार गाडीमा चालकसहित १४ जना सवार थिए ।


जीपका चालक गौमुखी गाउँपालिका–७ नारीकोटका २५ वर्षीय ऋषीराम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्लाका प्रहरी निरीक्षक कौशल पराजुलीले बताए ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *