२०८१ कार्तिक २९ गते बिहिवार

नयाँ बर्ष २०८० को शुभकामना

सम्पादकीय


आजदेखि नयाँ बर्ष २०८०को सुभारम्भ भएको छ । नेपालीहरू मात्रले उत्साह र उमंगपूर्वक मनाउने पर्व हो यो । हुन त हरेक दिन सुनौला र उत्साह बोकेर आएका हुन्छन् । तैपनि आजदेखि नेपाली पात्रो फेरिएको छ । यथार्थमा यो पात्रो मात्रै फेरिएको हैन । एक बर्षको अवधिमा भए गरेका राम्रा नराम्रा कामको समिक्षा गर्ने समय पनि हो ।
बिगतबाट पाठ सिक्नु, राम्रा कुराहरुलाई अनुशरण गर्दै नराम्रा कुराहरु त्याग्नु र आँफुलाई सच्याउँदै लैजानु बुद्धिमानी हो ।


वर्ष ०७९को समिक्षा गर्दा बितेको बर्ष चुनावी वर्ष रह्यो । जसले लोकतन्त्रको जग थप मजबुत बनाउन अवश्यक भूमिका खेल्ने छ ।


नेपालको संविधान अनुरूप झण्डै ३६ हजार जनप्रतिनिधिहरू शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन । जनप्रतिनिधिहरुबाट देश र जनताको हितमा काम हुनु पर्ने छ । दाङको हकमा कुरा गर्दा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन हुनु ठूलो सफलता मान्नु पर्छ । आज राप्ती गाउँपालिका क्षेत्र भित्र आधुनिक सहर निर्माण गर्ने गुरु योजना बन्दै छ । राजधानी कार्यान्वयनको सवाल भेगिय, क्षेत्रीय, आर्थिक हरेक दृष्टिकोणले महत्वपूर्ण हुने छ ।


दाङ एसियाकै ठूला उपत्यका हो । यो संगै थुप्रै संभावनाहरु छन् । सोचे अनुसार दाङको बिकास नुहुँदा निराशा र कुण्ठाहरु अवश्य छन् । लुम्बिनी प्रदेश राजधानी दाङको एक मात्र एयरपोर्ट तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको अपेक्षा गरे अनुसार बिस्तार र बिकास हुन सकेको छैन । यद्यपी त्यसका लागि प्रयासहरु भने भइ रहेका छन् ।


तुलसीपुर– घोराही चार लेन सडक भताभुङ् अवस्थामा हुनुले सर्वसाधारणले यात्रामा सास्ती बेहोर्नु परेको छ । यहाँका खोला नालामा हाइड्याम निर्माण गरि भविश्यको लागि पानी भण्डारण गर्नु जैबिक बिभिदता जोगाउनु अर्कौ चुतौति छ । बढ्दो सहरीकरणले खेती योग्य जमिन मासिदै जानु वन विनासले चरा तथा वन्य जन्तुको निवास बिनास हुने क्रम बढ्दो चुनौति छ ।


भौतिक र सामाजिक पूर्वाधारमा दाङले अपेक्षा अनुसार गति लिन आउने दिनमा जनप्रतिनिधि तथा कर्मचारी बर्ग थप गम्भीर भएर लाग्न जरुरी छ ।

बढ्दो बेरोजगारीलाई सम्वोधन गरी युवा आय आर्जन र सीप मुलक कार्यमा लाग्न प्रेरित गर्न जरुरी छ ।यहाँका खेतबारी बाँझै राखेर बिदेसिने प्रबृति रोक्न राज्य लाग्नु पर्छ । उनीहरुको साहाश, ज्ञान र क्षमताको सदुपयोग हुनु पर्छ ।
बढ्दो भ्रष्टाचार, कुशासन र महंगी नियन्त्रण गर्न राज्य संचालकहरु प्रयासरत रहनु पर्छ । शासन, प्रशासन र राजनीतिक दलहरू नागरिक मैत्री हुनै पर्छ ।


नयाँ वर्षले देशमा विद्यमान चुनौतीलाई सम्वोधन गर्न सफल होस । नेपालको शान्ति, स्थिरता र समृद्धिको यात्रा अगाडि बढोस । सबै नेपालीहरूको जीवनमा खुसियाली छावस । सामाजिक, आर्थिक रुपमा देशले काँचुली फेरोस । हाम्रा पाठक, शुभचिन्तक, बिज्ञापनदाता, गल्ती हुँदा कमिकमजोरी औंल्याएर सुधारमा सहयोग पु¥याउने सबै प्रति हामी बिषेश आभार ब्यक्त गर्दछौं ।

फरककोण मिडिया प्रालिद्धारा संचालित यस फरक कोण अनलाइनलाई सत्यको धारातलमा टेकेर भविश्यमा थप सुदृढ गर्दै आम नागरिकको आवाज बोल्ने र नागरिकका सूचनाको हक स्थापित गर्ने हाम्रो प्रयास जारी रहने छ ।


साँच्चि नै २०८० सालले हामी सबैलाई नयाँ उत्साह र उमंग थपोस । यो बर्ष नयाँ युगको सुरु होस भन्ने कामनासहित नयाँ वर्ष को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रकाशित मिति : २०८० बैशाख १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *