२०८३ बैशाख १९ गते शनिवार

डा. किशोर खत्रीका यि सबै गतिबिधि आगामी चुनाबका लागि पूर्व तयारी हुँदै होइन ?

सम्पादकीय

तुलसीपुर, भदौ ४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेस्थित तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार तीज बिषेश कार्यक्रम ‘भब्य’ताका साथ मनाए ।

जुन तीज बिषेश कार्यक्रम पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित र लोकप्रिय तुलसीपुरका एक प्रतिष्ठिन बालरोग बिषेशज्ञ डाक्टर किशोर खत्रीको नेतृत्वमा आयोजना भएको थियो । अन्य यस्तै तीज बिषेश कार्यक्रमहरु बिभिन्न स्थानमा पनि राखिएका छन् ।


मंगलबारको कार्यक्रम आयोजना गर्दा झन्डै एक लाख रुपैंया खर्च भएको डा. किशोरले बताएका थिए । त्यो रकम उनीहरुले आपसमा संकलन गरि जम्मा गरेका थिए ।

माथि ‘भब्य’ शब्द प्रयोग गरिएकोमा तपाँइलाई चित्त नबुझ्न सक्छ । एक जना सामाजिक सञ्जालमा निकै रुचाइएका अभियान्ता डा. किशोरले आयोजना गरेको त्यो तीज बिषेश कार्यक्रममा कम्तिमा पनि एक हजार जति महिला दिदी बहिनीको मात्रै उपस्थिति रहेको आँकलन गर्नेहरु धेरै थिए ।

तुलसीपुर क्षेत्रका चर्चित पुरुष अनुहार पनि उनको निम्तो मान्न दोघरे सभाहलमा आउजाउ गरि रहेका देखिन्थे । दर्जनौं सवारी साधनले मंगलरबार दिनभर जसो दोघेरे क्षेत्र ओहोर दोहोर गरि रहे । बेलुकी चार बजे यो पंक्तिकार त्यहाँ पुग्दापनि सभाहल फूल फेजमा नाचिरहेको थियो । एकै साथ दर्जन बढी दिदी बहिनीहरु स्टेजमा नाचिरहेका थिए ।

त्यत्तिकै ‘भब्य’ समारोह सायदै यो हलमा हालसम्म भएको थियो । राजनीतिक दलका शिर्ष नेताहरु आउँदाको बखतपनि दोघरे सभाहरुमा यत्तिको उत्साह सायदै देखिन्थ्यो । खचाखच मानिस यो पंक्तिकारले बिरलै देखेको थियो।

तुलसीपुरको दोघरे लगाएत जिल्लाका बिभिन्न ठाउँका साथै बाँकेको नेपालगंजदेखि काठमाडौंसम्म पुगेर पूर्व प्रधानमन्त्री नेकपा (माओबादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सिने क्षेत्रका महानायक राजेश हमाल लगाएतका लेसिब्रेटीहरुलाई स्वास्थ्यका लागि बिहानी हिडाइका साथै जुम्बा डान्समा सरिक गराइ सकेका डा. किशोर आजपनि अभियानमा निरन्तर लागि रहेका छन् ।

उनको अनुशरण गर्दै स्वास्थ्यका लागि आज जिल्लाका बिभिन्न स्थानमा जुम्बा डान्सहरु सुरु भएका छन् । उनको अभियानमा मानिसहरु दिनदिनै एक पछि अर्कौ गर्दै थपिदै गएका छन् ।

डा. किशोरलाई फेसबुक पेजमा मंगलबारसम्म एकलाख ९५ हजारले पच्छ्याइ रहेका छन् भने टिकटकमा दुई लाख ४४ हजारले पछ्याइ रहेका छन् भने ९० लाख लाइक छन् ।

सुरु – सुरुमा गाउँ घरमा डुलेर बालबालिकाको स्वास्थ्य बारे आमाहरुलाई स्वास्थ्य सल्लाह दिदै हिड्दै गरेका भिडियोहरु डा. किशोर पोष्ट गर्थै । मानिसहरुले त्यो मन पराउँदै गए । उनलाई पच्छ्याउनेहरु बढ्दै गएपछि बिहानी हिडाइको अभियान चलाए, बिस्तारै जुम्बा डान्सको सुरुवात गरेपछि झनैं चर्चा बटुल्दै गएका छन् ।


डा. किशोरको सोही अभियान बिस्तारै – बिस्तारै थप लोकप्रिय बन्दै जान थालेको छ । मतलब बिस्तारै– बिस्तारै डा. किशोरले मानिसहरुको मन जित्दै गएका छन् । यसको मतलब उनको शक्ति संचय बढ्दै गएको छ । आँफु प्रतिको आम नागरिकको बढ्दो विश्वासले डा. किशोर खत्री आँफैपनि मख्ख छन् । र कतिपय राजनीतिक दलकै खेलाडीहरु डा. किशोरको यही अभियानलाई विस्तारै सुरुवात गरिएको राजनीति अभियान ठान्दछन् ।

अभियानलाई राजनीतिक संज्ञा दिन थालेका छन् । ‘ उहाँको यो सक्रियता र बटुलेको चर्चा लोभलाग्दो छ,’ एक नेताले भने ‘ यो उहाँको पछाडि आकर्षित हुँदै गएको मास र शक्तिलाई उहाँले बिस्तारै आगामी चुनाबमा उपयोग गर्न सक्ने अवस्था नआउला भन्न सकिदैन ।’


हुन पनि राजनीति एक संभावनाको खेल हो । भनाइ छ – युद्ध, प्रेम असंभव भन्ने केहीपनि हुँदैन । डा. किशोरले थालेको अभियान एउटा उहाँ प्रतिको विश्वास हो । प्रेम हो र भोलि सोही प्रेम निर्वाचनका क्रममा राजनीतिक शक्ति आर्जन गर्ने आन्दोलनको स्वरुप बन्न सक्छ ।

मंगलबार पनि यो पंक्तिकारले उल्लासले नाचिरहेको सभाहल बाहिर बोलाएर डा. किशोर खत्रीलाई यही कुरा सोधेको थियो ।

उनले भविश्यमा राजनीतिमा आउने संभावना र चाहाना मुखले नकारेका थिए । तर, कुटिल र रहस्य मय हाँसो हाँस्दै पंछिनपनि खोजेझैं लाग्थे । ‘ मलाई यही जीवन प्यारो छ मलाई राजनीति गर्ने इच्छा छैन,’ उनले भने ‘ म बच्चाको डाक्टर हो भविश्यमा पनि पेशागत रुपमा त्यही गर्ने इच्छा छ त्यसपछि मानिसहरुलाई स्वच्छ र निरोगी बनाउने अभियान त छँदै छ ।’

हालसम्म डा. किशोरको परिवार सक्रिय राजनीतिमा लागेको छैन । उनका पिता भिष्मबहादुर केसीले कहिलै राजनीतिक सभासमारोहमा गएनन् । कसैको पक्ष र बिपक्षमा अभिब्यक्ति दिएनन् । यद्यपी उनी नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्का सगको संगतका कारण बिगतमा जेल परेका ब्यक्ति हुन । डा. किशोर पनि नेपाली काँग्रेस प्रति आस्थावान ब्यक्ति हुन ।

जानकारहरुका अनुसार उनी क्रियाशिल सदस्य हुन । तर, मान्छेको मन बदलिन बेर लाग्दैन । ठूला ठूला नेताहरु पार्टी परिवर्तन गरेका उदाहरण बग्रेल्ती छन् । त्यो ब्यक्तिमा निहित स्वतन्त्रतापनि हो ।


डा. किशोरलाई यो पंक्तिकारले तपाँई २०८४ मा कुन पार्टीबाट चुनाव लड्नु हुन्छ ? भनेर सोध्दा त्यसको पनि रणनीतिक हाँसोको साथ पंक्षिय । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र वा स्वतन्त्र ? भन्ने प्रश्नको जबाफ दिएनन् । यत्ति भने मलाई यही जीवन प्यारो छ । म त्यतातिर लाग्दैन । जाँदैन ।

तपाँइलाई कतिपयले डा.किशोरको यो जम्मै आगामी २०८४ को निर्वाचनमा मेयरको उम्मेदवार बन्ने तयारी गरि रहेका छन् भन्ने लख काटिरहेका छन् नि , के यो कुरा साँचो होइन ? यो प्रश्नमा पनि उनी स्पष्ट खुलेनन् । मात्र रहस्यमय हाँसो हाँसे ।

यसैगरि मानिसहरुले पच्छ्याउँदै गए,रुचाउँदै गए ,अभिायनमा जोडिदै गए भने भोलि त्यही शक्तिले नै उनलाई निर्वाचनमा होमिन प्रेरित गर्न सक्छ । डा. किशोरमा आँफैपनि महत्वाकाँक्षा बढ्न सक्छ ।

बैंशमा खोलापनि त उर्लिएको हुन्छ । डा. किशोर खत्रीमा पनि यतिखेर मानिसहरुको विश्वासको खोला उर्लिएको छ । धेर थोर शक्तिको कम्पन र उन्माद जहाँ पनि उत्पन्न हुन्छ ।

थोपा–थोपा मिलेर उर्लिने बाढीको शक्ति, मन्द गतिको हावा मिसदै तीब्र बहने हावा, हुरी अर्थात हुन्डरीको बेग तथा शक्तिको अनुभव डा.किशोले पनि अवश्य अनुभूत गरकै होलान ।

उनले हल्का फूल्का रुपमा उम्कने हिसावले हाल दिएका जबाफ जस्तै उनी राजनीतिमा आकर्षित भएनन् वा आगामी निर्वाचनमा उम्मेदवार बनेनन् तथा बन्ने इच्छा राखेनन् भने त ठिकै छ । तर यदि उनले इच्छा जाहेर गरे भने हाल चर्चामा रहेका धेरै संभावित ब्यक्ति र नामहरुलाई भविश्यमा कठिन परिस्थितिको सामाना गर्नुपर्ने अवस्था सृजना नहोला भन्न सकिदैन ।


नेपालमा मात्रै होइन विश्वमा हरके क्षेत्रकाट उदाएका लेलिब्रेटीहरु रातारात राजनीतिमा होमिएका, निर्वाचित भएका, मन्त्री बनेका उदाहरण प्रसस्तै छन् ।

यस्तै लोकप्रियता कायमै रहे कुनैपनि राजनीतिक दलले उनलाई फिल्मी सैलीमा निर्वाचनमा उम्मेदवार खडा गर्न सक्ने छन् । त्यतिखेरको अवस्था के हुन्छ ? अहिलै त्यसबारे लख काट्नु हतार होला । तर, उनको यही र यस्तै चर्चा तथा लोकप्रियता कायमै रहे जे पनि हुन सक्ने संभावना नकार्न भने मिल्दैन ।

डा. किशोरका शब्दमा जुम्बा डान्स वा बिहानी हिडाइले उनमा निरोगीताको डोजको मात्रा बढाउदै लगेको छ । जुम्बा डान्स वा बिहानी हिडाइल मानव स्वास्थ्यका लागि उपयोगी मानिने खोप लगाए जस्तै हुन ।

यस्तै ब्यक्ति मैदानमा उत्रिएको खण्डमा थाहाँ हुने छ , उनको स्टामिना कति छ भनेर । कतिपय ब्यक्तिहरु हुँकार मात्रै गर्छन अर्थात कतिपय ब्यक्तिहरु हावामा मुक्का र किक त राम्रो हान्छन् तर ब्यक्तिगत रुपमा रिङ भित्र प्रबेश गर्दा कायर बन्छन् । चल्नै सक्दैनन् ।

त्यसैले मानिसको असली परीक्षा मैदानमा उत्रिएपछि सुरु हुन्छ न कि हुँकारमा । डाक्टर किशोरलाई आज पच्छ्याइ रहेकाहरु लहडका भरमा पच्छयाइ रहेका हुन कि मनैदेखि माया तथा सदभावका साथ । यदि भविश्यमा उनी चुनावी मैदानमा खडा भए छन् उनीहरु कतिले र कतिसम्मको साथ दिन्छन् त्यो भने रहस्यको गर्भमै छ ।


सतही रुपमा विश्लेशन गर्नेहरु भने डा. किशोरमा हालपनि अथाह शक्ति जम्मा भइ सकेको आँकलन गर्छन । आलोचकहरु भने भविश्यमा मेयरको उम्मेदवार उनी बनेछन् भनेपनि हाल पच्छ्याउनेहरु मध्य नगन्ने मानिसहरुले मात्रै साथ दिने दाबी गर्छन ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *