२०८३ बैशाख १८ गते शुक्रवार

युवा लोकतन्त्रको सर्भिसर बन्न सक्नुपर्छ

सम्पादकीय

तीन सय ६५ दिनको चक्र फेरि पुरा भएको छ । यो बीचमा पृथ्बीले सूर्यको वरिपरी परिक्रर्मा मात्रै गरेको होइन हामीले पनि धेरै राम्रा नराम्रा परिस्थितिहरु भोग्नु पर्‍यो । चक्कर वा घनचक्करहरु खेप्नु पर्‍यो । हामी बीचबाट बिभिन्न कारणले कतिपय प्रियजनहरु बिदा भए ।

नयाँ आशा बोकेर कति प्रिय पात्रहरुको जन्म भयो । जो निरन्तर चलिरहने प्रकृतिको नियम हो । जो हिजोपनि चलेको थियो । भोलिपनि चलिरहन्छ । मानिस मात्रै होइन हरेक जिवित बस्तुको जन्मपछि मृत्यु असंभवभाबी हुन्छ ।

श्रर्बश्रेष्ठ प्राणी हुनुको नाताले मानिसको भागमा सबै भन्दा ठूलो जिम्मेवारी छ । यो पृथ्भी वा ब्रमाण्डमा उस्का गतिबिधिले क्षति वा असर पर्नु हुन्न । सोही अनुरुप बिबेक प्रयोग गर्छ ।

यतिखेर बिश्वभर वातावरवण प्रदुशन, जलबायु परिवर्तनले पारेका असरहरुका बिकराल समस्याहरु देखिन थालेका छन् । बिश्वको छानो हिंम शिखरहरुको देश नेपालले पछिल्लो केही बर्षयता वातावरणिय समस्या झेल्दै आएको छ । हिम सृङखलाहरु खाली र रित्ता बन्दै छन् ।

अतिबृष्टी अनाबृष्टीले बाढी पहिरोका हृदय विदारक र कारुणिक घटनाहरु सालिन्दा दोहरिदै छन् । आम मानिसको जीवनको सुरक्षा र रक्षा राज्यको दायित्व हो । राज्यले त्यो भूमिका निर्वाह गर्न थप प्रयन्तहरु अगाडि बढाउनु पर्छ ।

चैत १५ गते काठमाडौंमा राजा फर्काउने नाममा भएको हिंसात्मक पर्दशनले अराजकताको परकाष्टाको हल पार गर्‍यो । अन डिउटीमा रहेका पत्रकार सुरेश रजक घरमा आगो लगाइदिदा निसास्सिएर ज्यान गुमाउनु पर्‍यो । अर्का एक जना पर्दशनकारीको प्रहरीको गोलीबाट ज्यान गयो ।

दर्जनौं सवारी साधन र घरहरुमा तोडफोड तथा आगजनी भए । सुपर मार्केटहरुमा दिन दाहाडै लुटपात र चोरी भए । त्यो लबेलको छाडापन र अराजकता लोकतान्त्रिक गणतन्त्रमा स्वीकार्य हुँदैन ।


जनप्रतिनिधि वा सरकारले जन अपेक्षा अनुरुप काम गर्न नसक्नुका असन्तुष्टीका कारण राजा आउनु पर्छ भन्ने नारा सडकमा लाग्न थालेको छ । आशा जागृत गराउने पहल राज्यका तर्फबाट हुनु पर्छ । यो देशमा केही हुँदैन, बिदेश नगइ हुँदैन भन्ने भाष्य स्थापित हुनु पाउनु हुँदैन ।

राज्यले आशाका किरणहरु छर्न सक्नु पर्छ । जनताका खेतबारी, आँगन वा घर बस्तिमा राज्य आशाको सुनौलो किरण बनेर झलमलाउन सक्नु पर्छ ।


त्यो संकल्प राज्य संचालकको जिम्मा लिएकाहरु र जनप्रतिनिधिले गर्नु पर्छ । लोकतन्त्रको प्राण बायु भनेकै आम मान्छे हुन । काम गरि ढुक्कले बाँच्ने अधिकार राज्यले सृजना गर्नु पर्छ । लोकतन्त्रको मूल्य र मान्नेतालाई भूइ मान्छेले अनूभूत गर्न पाउनु पर्छ । त्यसपछि मात्रै लोकतन्त्रको जग बलियो बन्छ ।


संविधानले प्रत्याभूत गरेका अधिकारहरु ब्यबहारिक रुपमा उपभोग आम मान्छेपनि उपभोग वा उपयोग गर्न पाउनु पर्छ । सरकारी कार्यालयहरुमा पहुँचका भरमा काम हुने प्रबृति रोकिनु पर्छ । काममा हुने ढिला सुस्ती, भनसुन वा टेबलमुनीबाट हुने काम अन्त्य गर्ने गरि सुशासन स्थापित गराउन राज्यले थप तदारुकता देखाउन जरुरी छ ।

आम मान्छे अर्थात लोकतन्त्रको पक्षमा शासन प्रणालीलाई थप सबलिकरण वा मजबुत बनाउन निरन्तण राज्य लाग्नु पर्छ । अब इतिहासको पाङग्रा पछाडि फर्कन तत्कालै संभव छैन । पश्चगमन हैन अग्रगमण तर्फको यात्रा थप फराकिलो हुनु पर्छ ।

त्यसका लागि असन्तुष्टिका स्वरहरु राज्यले सुन्नु पर्छ । सम्बोधन गर्नु पर्छ । छिद्रहरुबाट टाउको उठाउन खोज्न प्रतिगमणकारीहरु बल्ल तह लाग्ने छन् ।


बितेको बर्षमा केही त्यस्ता प्रयासहरु नभएका भने होइनन् । लोकतन्त्रलाई मजबुत बनाउन दलहरु शान्ति प्रक्रियाका बाँकी कामहरु टुँग्याउने अन्तिम कसरत गरि रहेका छन् । संविधानमा देखिएका कमिकमजोरी सच्याउन, निर्वाचन प्रणाली सच्याउन उनीहरु आपसमा छलफल गरि रहेका छन् ।

त्यसका बाबजुद प्रमुख समस्या अस्थिर सरकारका कारण भइ रहेको छ । सत्तामा पुग्ने दाउपेज निरन्तरण चलिरहँदा आम नागरिक पिल्सिएका छन् । हुनुपर्ने जति आशाको सञ्चार हुन सकिरहेको छैन । राज्यले सरल र सहज रुपमा दिनुपर्ने सेवा सुविधा आम नागरिकले पाउन सकिरहेका छैनन् । निराशा, कुन्ठा र आक्रोस त्यसकै परिनाम हो ।

अब आम नागरिकले पनि मुलुकको हितमा संकल्प गर्न आवश्यक छ । त्यसमा राजनीतिक नेतृत्वले थप बढी संकल्प गर्नैपर्ने देखिन्छ । आम नागरिक र राज्य संचालकले संकल्प नगरेसम्म लोकतन्त्रको जग बलियो बन्न सक्दैन । सचेत नागरिक सुत्नु हुँदैन । खास गरि पढे लेखेका युवा जति सुते देश उति सुस्त बन्छ वा सुत्छ ।

त्यसले लोकतन्त्रका अब्यवहरु नै ढिला भइ दिन्छन् । लोकतन्त्रको सर्भिसरहरु जोशले भरिएका बिचार पूर्वक होसमा काम गर्ने तर संम्मेमित युवाहरु हुन । गतल हुँदा उनीहरु खबरदारीमा उत्रनु स्वभाविक हो । उत्रनै पर्छ । जस्ले गरेको होस, जहाँ गरेको होस , गलतको बिरोध हुनै पर्छ ।

लोकतन्त्रको बिकल्प थप सुद्रिढ वा उन्नत लोकतन्त्र नै हो । पश्चगमन हुन सक्दैन । आम मान्छेको आवाजको जहाँ सम्बोधन हुन्छ त्यहाँ मात्रै लोकतन्त्रको आधारहरु छन भन्न मिल्छ । भूइ मान्छेका लागि रोजगारीका लागि अवशरहरु सृजना गरि उनीहरु ढुक्कले रमाउन सक्ने वातावरवण राज्यले निर्माण गरेको हुनुपर्छ ।

नयाँ बर्ष २०८२ साल आजदेखि शुरु भएको छ । यस्ले आम देशबासीमा रचनात्मक र सकारात्मक सोच निर्माण होस । हाम्रा पाठक, बिज्ञापनदाता, शुभचिन्तक सबैको जीवन सहज र सरल बनोस । नयाँ बर्ष २०८२ को शुभकामना ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *