२०८३ भाद्र १६ गते मङ्गलवार

गोरखका स्कुल परिवारले बाढी पीडितका लागि पठायो १० लाख


तुलसीपुर, भदौ १६ ।


दाङको गोरखा समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख बढी रकम जम्मा गरेको छ ।
गोरखा समूह अन्तर्गत सञ्चालित तुलसीपुर, घोराही, लमही लगाएतका विद्यालय तथा कलेज बाट त्यो रकम संकलन गरिएको थियो ।


गोरखा स्कूल तुलसीपुरका प्रिन्सिपल बिजय जिएमका अनुसार गोरखा स्कुल तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट २ लाख ३१ हजार ४ सय ४५, गोरखा स्कुल घोराही र शिक्षक तथा कर्मचारीबाट २ लाख ५३ हजार, गोरखा स्कुल लमही र शिक्षक तथा कर्मचारीबाट १ लाख ५६ हजार र गोरखा स्कुल लालमटीया र शिक्षक तथा कर्मचारीबाट ७९ हजार संकलन गरि १० १ हजार १ सय ४७ रुपैंयाँ जम्मा गरिएको हो ।


त्यो बाहेक गोरखा रेसिडेन्सिएल स्कुल तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट ४५ हजार १ सय ३३, भिक्टोरीया कलेज र शिक्षक तथा कर्मचारीबाट ५० हजार ४ सय ५८, गोरखा मोडेल कलेज तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट ५० हजार र स्वर्णीम देउखुरी कलेज र शिक्षक तथा कर्मचारीबाट ३५ हजार जम्मा गरिएको छ ।

त्यस्तै, गोरखा पब्लिक हस्पिटलबाट १ लाख १ हजार १ सय ११ रुपयाँ गरी १० लाख १ हजार १ सय ४७ रुपयाँ कोषमा जम्मा गरिएको तुलसीपुरका प्रिन्सिपल जिएमले बताए ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *