२०८३ भाद्र १६ गते मङ्गलवार

नवलपरासी पश्चिममा ६८ शवहरु गाडीयो


हालसम्म फेला परेका १७० शवमध्ये ४ जनाको मात्रै सनाखत

दाङ, भदौ १६ ।


भोटेकोशी बाढीले बगाएर मध्य हालसम्म नारायणी नदीमा १७० वटा शव फेला परेका छन । ती मध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ । चार वटा शबको सनाखत पछि आफन्तले बुझेर लगेका थिए । यहाँस्थित नारायणी नदीमा फेला परेका मध्य अझैं ९८ शव बाँकी छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपरारी पश्चिमका अनुसार डिएनए संकलन गरी ६८ वटा शवको सुरक्षित रुपमा जमिनमुनी व्यवस्थापन गरिएको हो । चार वटा शवको सनाखत भइ आफन्तले बुझेको प्रशासनले जनाएको छ ।


गोरखाको पालुङटार नगरपालिका –७ की २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका – ६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका–९ घर भइ नुवाकोटको विदुर नगरपालिका –१० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका – २ का २८ वर्षीय सविन रानाको सनाखत भएको हो ।
त्यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का ४५ वर्षीय नारायणबहादुर थापा कब्दारको शव रसुवामा फेला परेको तथा पहिचान पछि आफन्तले पोखराबाट बुझेर लगेको विवरणमा उल्लेख छ । पाल्पाको तानसेन नगरपालिका –१० सुनडाँडाका प्रहरी सहायक हवल्दार दिपेन्द्र बिष्टको शव पनि रसुवामा फेला परेपछि सनाखत पछि आफन्तले बुझेर सद्गद गरेको प्रशासनले जनाएको छ ।


त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका– १ का ३७ वर्षीय यादव भण्डारीको शव पूर्वी नवलपरासीमा फेला परेको थियो । बाँकेको कोहलपुर नगरपालिका– ११ का २३ वर्षीय कबिरलाल चौधरीको शव पनि पूर्वी नवलपरासीमा फेला परेको र उनका दाजु सुग्रिव थारूले सनाखत पछि बुझेर लगेको प्रहरीले जनाएको छ ।
सोही स्थानमा फेला परेको बाँकेकै कोहलपुर नगरपालिका–११ का २८ वर्षीय महेश थारूको शव उनका ससुरा कालिराम थारूले सनाखत पछि बुझेका थिए ।


जिल्ला प्रशासन कार्यालयका अनुसार नारायणी नदीमा फेला परेका १७० शवमध्ये हालसम्म ६८ शवको व्यवस्थापन गरिएको छ । चार शवको सनाखत भएको छ भने ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको छ ।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापनको स्थल, शव पहिचानका लागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा, आफन्तहरुसंगको समन्वय र सहजीकरणका बारेमा जानकारी लिएका छन । सुनवलनगरलिका स्थित एक सामुदायिक वनमा शव व्यवस्थापन गरेर राखिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *