२०८२ माघ १ गते बिहिवार

कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै

काठमाडौँ ,साउन १ । केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बस्दै छ ।

बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धुम्बाराहीमा बस्न लागेको हो । बैठकले साउन २ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेपछि भोलि (मंगलबार) बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी समेत गरेको एक नेताले बताए ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *