काठमाण्डौ,बैशाख ५ । प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्नेछ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्नेछन्।
यसैगरी, प्रधानमन्त्री दाहालले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार