२०८१ माघ १३ गते आइतवार

राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ ,माघ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्ने भएकी छन्।

आगामी माघ २७ गते दिउँसो ३ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ। नयाँ राष्ट्रपति छान्नका लागि फागुन २५ गते निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *