काठमाडौं, माघ २० । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शुक्रबार) दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलि (शनिबार) दिउँसो १ बजे बस्ने गरी सरेको हो ।
पार्टीका सचिव श्रीराम ढकालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यवस्तताका कारणले बैठक सार्नु परेको जानकारी दिए ।
प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार