२०८३ भाद्र १२ गते शुक्रवार

जसपा सरकारमा नजाने

काठमाण्डौ ,माघ ४ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा नजाने निर्णय गरेको छ।

बुधबार बसेको जसपा संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सात दलीय सरकारमा नजाने निर्णय गरेको हो।

सरकारमा नगए पनि समर्थन भने कायमै रहेको जसपाले जनाएको छ।

जसपाले सत्तारूढ दलहरूले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको हो।

संसदीय दलको बैठक हिजो पनि बसेको थियो।

सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्म निर्णय गर्ने भएको छ। यद्यपि उसले नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवारको रूपमा समर्थन गरिसकेको छ।

 

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *