२०८३ भाद्र १३ गते शनिवार

प्रतिनिधिसभाको पहिलो बैठकको एजेण्डा आज तय हुने

काठमाडौँ,पुस २२ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका छन्।

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ।

बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको संसद सचिवालयले जनाएको छ। बैठकले प्रतिनिधिसभाको अन्तरिम नियमावली, दलहरुको सिट व्यवस्थापन, दलका नेताको बोल्ने क्रमलगायतका एजेण्डा तय गर्नेछ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य जबराले गत ७ गते शपथ गराएका थिए।

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *