काठमाडौँ,पुस १९ । नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन् ।
सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार सांसद लेखकलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।
‘सभापति देउवाले कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा १ बमोजिम प्रतिनिधिसभा सदस्य रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गर्नुभएको छ,’ देउवाका निजी सचिव केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लेखक कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार