२०८१ जेष्ठ ११ गते शुक्रवार

प्रचण्ड र ओली शीतलनिवासमा

काठमाडौँ ,पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश गर्न उनीहरु राष्ट्रपति कार्यालय पुगेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको एक हप्ताको समय आजै साँझ ५ बजे सकिँदैछ।

ओली निवास बालकोटमा एमाले–माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाबीच भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो।

आइतबार बिहान बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफ्नो अडान नछाडेपछि प्रचण्ड बालकोट पुगेका थिए।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *