२०८२ असार ७ गते आइतवार

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशबारे गुनासो र उजुरी आह्वान

काठमाण्डौ ,भदौ २९ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिबारे गुनासो र उजुरी आह्वान गरेको छ ।

न्यायपरिषद्ले यही भदौ २१ गते सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा.दिननाथ पराजुलीको नाम मनोनीत गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

समिति सदस्यबीच छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

समितिले प्रस्तावित व्यक्तिका बारेमा आउँदो असोज ७ गतेभित्र गुनासो र उजुरी माग गरेको हो ।

सूचना दिनेले आफ्नो नामरठेगाना खुलाइ उजुरी गर्नुपर्ने र गोप्य राख्न चाहेमा गोप्य राखिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *