२०८१ माघ ९ गते बुधवार

प्युठानमा जनमोर्चाको खाता खुल्यो , मल्लरानीको अध्यक्षमा कृष्णबहादुर खड्का विजयी

प्युठान,जेठ २ । प्युठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्का विजयी भएका छन् । खड्काले ३ हजार दुई सय ३८ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज श्रेष्ठले २ हजार ८ सय २ मत प्राप्त गरे । यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका रमेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

नेकपा एमालेकी इश्वरा आचार्यलाई पराजित गर्दै श्रेष्ठ उपाध्यक्ष पदमा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ७० मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी इश्वरा आचार्यले २८ सय मत प्राप्त गरिन ।

मल्लरानी गाउँपालिकाका ५ वटा वडामध्ये चारवटामा गठबन्धनका उमेदवार विजयी भएका छन् भने वडा ३ नम्बरमा एमालेका उमेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *