२०८३ भाद्र १२ गते शुक्रवार

आइतवार बस्ने संसद् बैठकले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि छलफल गर्न समय तोक्ने

काठमाण्डौ,फागुन २७ । पर्सि आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि छलफल अघि बढ्ने भएको छ ।

आइतवार बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ । आइतवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्नुहुने छ ।

प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिसका लागि ११ सदस्यीय समिति गठन गरिसकेको छ ।

जबराविरुद्ध गएको १ गते ९५ जना सांसदको समर्थनसहित कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, र नेकपा–एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *