२०८३ भाद्र १२ गते शुक्रवार

एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाँक्री

काठमाण्डौ,फागुन २४ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहायता एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छिन ।

मन्त्री झाँक्रीले अरू धेरै देशले यो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त रु भनी एमसीसीका आलोचकहरूलाई प्रश्न समेत गरिन ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले मङ्गलवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधी विश्वमा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन ।

सरकारले स्वीकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उहाँले त्यसलाई देशको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत गरिन ।

उनले एमसीसी संसदमा बहस भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि बताइन ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *