२०८१ असार ३१ गते आइतवार

कांग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ मा

काठमाण्डौ,फागुन ५ । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पछाडि सारेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि अर्थात् १५ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ति परेकाले अधिवेशन दुई दिन पर सारिएको बताए ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

यस्तै कांग्रेसले १६ जिल्लाबाहेकका चुनाव हुन बाँकी महासमिति सदस्य पदको चुनाव र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी चुनाव भने फागुन १० गतेभित्रै हुने जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *