
घोराही, पुस १२ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दाङको अध्यक्षमा पुनः प्रेमबहादुर राम्जा चयन भएका छन् ।
संघको सोमवार घोराहीमा भएको ८औँ जिल्ला अधिबेशनले राम्जाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यस्तै संघको उपाध्यक्षमा दिप्तिशिखा चौधरी, सचिबमा बिमला घर्ती, सहसचिबमा अमिता चौधरी र कोषाध्यक्षमा दिपक घर्तीमगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा टोपेन्द्र रोका, रोम थापा, सुशीला घर्तीमगर, रामप्रसाद चौधरी, सरिता चौधरी, डिला चौधरी रहेका छन् ।
फोनिजको संस्थागत सदस्यमा थारु पत्रकार संघ र मगर पत्रकार संघलाई चयन गरिएको छ । अधिवेशनले केन्द्रीय महाधिबेशन प्रतिनिधिमा सविन प्रियासन, छबिलाल कोपिला, लक्ष्मिमान चौधरी, जेएन सागर, रीता लामा, रोशनमान श्रेष्ठ र प्रकाश चौधरीलाई चयन गरेको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा राजकुमार चौधरी, निमुसंगम घर्ती, शिव घर्ती, जीतसागर जिएम, सबिता चौधरी, नवीन चौधरी, इन्द्र चौधरी, शालिकराम चौधरी र जयन्ती चौधरीलाई चयन गरिएको छ ।
फोनिज दाङका अध्यक्षमा प्रेमबहादुर राम्जाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
