२०८३ जेष्ठ ३१ गते आइतवार

लालपुरमा महिला संघको भेला


शिवराज बस्नेत,
मानपुर, भदौ ३० । नेपाल महिला संघको साविक मानपुर गाविस स्तरिय भेला तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा लालपुरमा सोमवार भएको छ ।

नेपाल महिला संघ दाङकी जिल्ला सभापति गोमा रावतले महिलाहरु राजनीति र बिकाशको मुल प्रवाहमा आउन जरुरी रहेको बताइन । उनले महिलाको हक अधिकार रक्षाको लागि अझै आवाज उठाउन आवश्यक रहेको बताइन ।

उक्त कार्यक्रमलाई क्षत्रीय सभापति चित्रा गिरी , इकाई सभापति लालबहादुर गिरी, कार्यक्रमा वडा नम्बर १७ का वडा अध्यक्ष थलराज पुरी , महिला क्षत्रीय प्रतिनिधि अमृता बस्नेत, रुपा बिकले लगाएतले सम्वोधन गरेका थिए । कार्यक्रम साविक मानपुर गाविस स्तरिय महिला संघकी सभापति सीता बस्नेतको सभापतित्वमा भएको हो ।

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *