प्रमुख जिल्ला अधिकारीज्यू ।
जिल्ला प्रशासन कार्यालय घोराही दाङ ।
उपरोक्त, सम्वन्धमा केही निबेदन गर्न चाहान्छु ।
असार १३ गते दाङ जिल्लामा आउन लाग्नु भएका तपाँईालई हार्दिक स्वागत छ । सफल कार्यकालको कामना पनि ब्यक्त गर्दछु । रामबहादुर कुरुम्वाङज्यू, तपाँई अख्तियारको बाँकेस्थित कार्यालय दाङमा सरुवा भएर आउन लागेको खवरले ब्यक्तिगत रुपमा म पनि खुसी छु ।
कम्तिमा एक बर्षको कार्यकाल विताएर जानु हुने छ भन्ने बिश्वास पनि गर्दछु । जिल्लाको समग्र विकास निर्माणको क्षेत्रमा देखिएका अवरोधहरुलाई समाधान गर्न तर्फपनि तपाँईका पाइलाहरु अग्रसर हुनेछन् भन्ने अपेक्षा गरेको छु ।
मेरो पहिलो आग्रह तपाँई समक्ष सदरमुकाम घोराहीमा पदिय जिम्मेवारीसंगै सवैभन्दा पहिले पत्रेखोला पुग्नुहोला भन्ने छ । त्यहाँ पुगेर पत्रेखोलालाई पुरै पढ्नु हुन म विनम्र अनुरोध गर्दछु ।
पत्रेखोला पढीसकेपछि तपाँइले यहाँ पुल निर्माणको तौर तरिकाको वारेमा अबश्यपनि केही जानकारी पाउनु हुनेछ । यो पुलको इतिहास जान्न पाउनु हुने छ । जस्तै यो कहिले निर्माण सुरु भएको हो ? समयमा किन बन्न सकेन ? क-कसको कमजोरी हो ? कस्ले चासो दिनुपथ्र्यो ? र उनीहरुले किन, समयमै त्यो चासो दिइएन ? अनि अहिले यो वेहालको अवस्था कसरी सृजना भयो ?
प्रमुख जिल्ला अधिकारीज्यू ।
हामी नागरीकहरुले सवैकुरा चाहेरपनि बझ्न सकेका हुंदैनौं । बुझ्ने सहज वातावरण पनि छैन । तर हामीलाई सामान्य जानकारी के छ भने पुल बनाउँदा डायभर्सन अनिबार्य आवस्यक पर्दछ । त्यो जिम्मेवारी निर्माण कम्पनीको हो । नियमले उपयुक्त डायभर्सन बनाएर मात्रै पुल निर्माणको काम सुरु गर्नुपर्ने हो । तर, यहाँ त डायभर्सनको परिकल्पना यातायात सेवाका लागि लक्षित देखिएन । बरु त्यो पानी तर्काउनका लागि मात्रै गरेको देखिएको छ ।
अर्को कुरा विभिन्न सञ्चार माध्यममा निर्माण कम्पनीका आधिकारिक प्रतिनिधिले डायभर्सन र कच्वे मर्मत गर्ने काम त पुल बनाउने कम्पनीको होइन भनेको पनि सुन्नमा आयो । ठिकै छ, त्यसो भए सडक विभागले बनाइ दिएको भएपनि हुन्थ्यो नि, हैन र ?
प्रमुख जिल्ला अधिकारीज्यू, पत्रेखोलाको कच्वे भत्केको यो बर्षामा होइन । दूई बर्ष पहिले नै कच्वे भत्कन सुरु गरेको थियो । त्यसको साक्षी दैनिक ओहोर दोहर गर्ने मध्यको म पनि एक हुँ ।
आज त्यँही ठूलो खाडल पर्न गएको छ । त्यसले सयौं सवारीसाधनहरुका इञ्जिन समेत बिगारेको छ । ग्यारेज पुर्याउनु परेको छ । यो बर्ष पत्रेखोला हुँदै यात्रा गर्ने सयौं सवारीसाधनका धनीहरुले ग्यारेज धाउनुको विकल्पै रहेन । तपाँईलाई हेर्दा पत्रे पुल सामान्य लागन सक्छ । तर, अथार्थ त्यस्तो छैन । नपत्याए तपाँई आँफै मोटरसाईकल वा साना सवारी चलाएर हिडे हुन्छ ।
त्यही असहज र अप्ठेरो खाडलका कारण पछिल्लो समयमा भाइरल बनेको छ, पत्रेखोला पुल । विभिन्न अनलाइन र यूटुयुवमा समेत पत्रेखोलाका भिडीओ क्लिपहरु अपलोड गरिएका छन् ।
तीन करोडको सिंगल स्ल्यावको पक्कि पुल बन्न ६ बर्ष नाघ्यो भनेर तपाँईलाई विश्वास नलाग्न सक्छ । त्यसैले पुल पढ्नु तपाँई आँफै बाढी आएको समयमा सशरिर आँफै उपस्थिति हुनुहोला भन्ने मेरो बिशेष आग्रह हो ।
दोश एकले अर्कालाई थोपार्ने तर काम नगर्ने प्रकृत्ति हावी भइरहंदा ठेकेदार मात्रै दोसी हुँदैन , हुन्छ र ? काम लगाउने सडक विभागले यसको नैतिक एवं कानुनी जिम्मेवारी लिनु पर्दैन र, सिडियो साप ?सर्वसाधारण नागरिकले दिनहुँ याताना, कष्ट, हैरानी खेपिरहँदा यहाँका जनप्रतिनिधि कसरी निदाउन सक्दा हुन ?
नेताहरुको पत्रेखोलामा कुनै नजर छैन । किनकि पुल तयार भएको भए पो उनीहरुको बीचमा उद्घाटनको हानथाप हुन्थ्यो, होला ? मन्त्री र नेताहरु त पहिलै सञ्चालनमा आइसकेका पुलहरु समेत सिलान्यास गर्दै हिंडेको पनि मैले देखे पढेको छु । गैर जिम्मेवार जनप्रतिनिधि, आँफु केन्द्रित राजनीतिले देश बर्बाद हुँदै छ ।
नत्र कहिले काँही भएपनि बुटवलबाट घर आउँदा हाम्रा मुख्य मन्त्रीले पत्रेखोलाको हालत देख्नु भयो होला नि, हैन त ? कि उहाँले यो खोला नतरी आउनु भयो होला हँ ? प्रश्न मनमा उब्जन्छ ।
पत्रेखोला पुल चाँडै बनाउनु पर्छ भनेर दवाव दिनुको साटो अहिले तुलसीपुर-घोराहीबाट हैन, नेताहरुका साना र चिल्ला गाडीहरु अमिलिया हुँदै तुलसीपुर तर्फ पुग्ने गरेका सूचनाहरु छन् ।
मन्त्री र जनप्रतिनिधिज्यूहरुलाई बालमतलत, गाडीले जति नै इन्धन खावस …। उनीहरुले गोजीबाट तिर्नु पर्दैन । जनताको खुन पसिनाबाट उठाएको चर्कौ कर छँदै छ नी, हैन र ?त्यसैले पत्रेखोला पुल बारे वेखवर जस्तै बन्ने गर्छन, हाम्रा जनप्रतिनिधि र नेताहरु ।
समयमा पुल नबनाउने ठेकेदारलाई कारवाही गर्नुपर्छ भन्दै भासन दिएर नथाक्ने हाम्रा मुख्यमन्त्री, मेयर सापहरु र नेताहरुलाई कारवाही गर्नबाट कस्ले रोकेको छ ? कि, त्यहाँ अर्कै कुरो छ … ?
नत्र, के ठेकेदार मात्रै दोषी थियो भने कारवाही गर्न कानुन छनि, छैन र, सिडियो साप ? हो, दोष सवैको छ । उल्लेखित सवैले आफ्नो कमजोरी नगरेका हुन । र आजपनि उनीहरु त्यो स्वीकारीरहेका छैनन् ।
यही हो, यहाँको दूर्भाग्य ।
त्यसैले त सहज यातायातका लागि एउटा डायभर्सन पनि पत्रे खोलाले पाएन ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङज्यू ।
थाहाँ छ, तपाँई नेपाली सेनाको पृष्ठ भूमिबाट आएको ब्यक्ति हो । तपाँईको पूर्व संगठनको छबि गफ हैन, काम गर्ने हो । एक्सन वरिन्टेड । देश र जनताको लागि ज्यानको बाजी थाप्न तयार हुने तपाँईको बिगत हो । त्यो छबि तपाँई संग कायमै छ भन्ने विश्वासका साथ यी शब्द लेखिरहेको हुँ ।
यद्यपी तपाँईमाथि नआउँदै आरोपहरु छन् । भनसुनले आँफु भन्दा सिनियरलाई पछाडि पारेर जिल्लाको नेतृत्व आउन थालेको भन्ने छ । म त्यस्ता कुरामा खासै जान चाहान्न ।
सिडियो साप, बिसयान्तर हुन थाल्यो, आउनुहोस फेरि पत्रे खोलामै केन्द्रित बनौं । सायद अवस्था यस्तै रहह्यो भने तपाँइले पनि घोराहीदेखि तुलसीपुरको २३ किमिको यात्रा गर्न पाउनुहुने छैन । तपाँई बर्षामा थुनिएरै बस्न बाध्य हुनुपर्ने अवस्था आउने छ । के तपाँईलाई त्यो स्वीकार्य हुन्छ ?
कि, तपाँईपनि मन्त्री र नेताहरुले जस्तै घोराहीबाट तुलसीपुर पुग्न लमही, अमिलिया हुंदै तुलसीपुर पुग्नु हुन्छ ? यदी, त्यसो हैन, भने तत्काल केही काम गर्नुहोस । तपाँईको लागि धेरै होमवर्क बाँकी छ ।
तपाँईले चाहे तत्काल उपयुक्त डाइभर्सन निर्माण हुन सम्भव छ ।तपाँइको पहिलो काम त्यही होस भन्ने म जस्तै धेरै जिल्लाबासीहरुको चाहना छ ।त्यसैले तपाँई जिल्ला आउना साथ पहिला पत्रेखोला पुल पढ्न जानु होला भन्ने मेरो बिशेष बिशेष आग्रह छ ।
यदी पत्रेखोलामा उपयुक्त डाईभर्सन निर्माण गरि तपाँई सहजरुपमा अगाडि बढ्नु भएमा ग्वारखोला पुलले तपाँईलाई मुस्कुराउँदै स्वागत गर्न उभिरहेको हुने छ ।
ग्वारखोलाको पुल पत्रेखोला भन्दा निकै ढिलो गरि निर्माण सुरु भएको पुल हो ।जुन पत्रेको तुलनामा विशाल छ । सुन्दर छ । चिटिक्क छ ।
अब केही थोरै कुरा,पनि थप्छु है ।
तपाँईको धेरै चर्चा पनि सुनेको छु । प्रकृती प्रेमी प्रशाशक, अनियन्त्रित र अबैधानिक प्राकतिक दोहन तपाँई स्वीकार्नै सक्नु हुन्न रे । तपाँइले सडक खण्डमै यात्राका क्रममा सडक खोला किनारामा सञ्चालनमा आएका क्रसर उद्योगहरुले थुपारेका पहाडहरु पनि नियाल्नु हुने छ भन्ने बिश्वास गरेको छु ।
तपाँई गाडीबाट ओर्लनै पर्दैन, पैदल हिड्न कष्ट गर्नै पर्दैन । गाडीमै बसेरै हापुर खोला, सक्रामखोला, ग्वारखोला किनारामा सडकबाटै खोलाजन्य बस्तुका अजंगका पहाडहरु पनि सरसर्ती भएपनि पढ्न बिशेष आग्रह गर्दछु । धेरैले भन्ने गर्छन, कि यस्ता, ढुंगा, बालुवा र गिट्टी अर्थात ह्वाइट गोल्डमा प्रहरी प्रशासनको बिशेष रुची रहने गर्छ । बाँकी कुरा तपाँई जत्तिको काबिल अधिकारीले आँफै बुझ्नु हुनेछ भन्ने विश्वास छ ।
सुन्नमा आए अनुसार यहाँका क्रसर उद्योगहरुमा प्रत्यक्ष परोक्ष जनप्रतिनिधिहरुको पनि लगानी छ रे ? भन्नेहरु स्थानीय पालिकाहरुका लागि यस्ता क्रसर उद्योगडहरु दुहुना गाई नै हुन भन्छन् है।
आँफै खोलाको ठेक्का लगाउने्,े अनुगमनपनि आँफै र खल्तीपनि उनैका गरम । भन्ने एउटा गर्ने अर्कैै ? राजनीति भित्र मौलाएको लाजनीति, कमाउन नीति बन्द हुनुपर्छ । राजनीति सेवा भावले गरिनु पर्छ । किसानका खेतबारीमा पानी सिंचाईका लागि डोर्याउने कुलोहरुमा मनपरी दोहनले पानी उक्लनै नसक्ने अवस्था सृजना भएका छन् ।
किसान मार्ने र तस्कर पोस्नेहरु मुर्दाबाट । म संधै किसानको साथमा हुने छु । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ ज्यू, के तपाँईपनि मेरो ठाउँमा उभिन सक्नु हुन्छ ?
निबेदक एक सजक नागरिक
खेमराज रिजाल
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ फोर्टी नाइन चोक ।