२०७८ जेष्ठ ४ गते मङ्गलवार

शिक्षित बेरोजगारीको कारण र समाधान

हाम्रो समाजलाई हामीले बुझाउन नसकेका कुराहरु शिक्षा के का लागि ? कामको सम्मान आखिरी शिक्षा के का लागि रहेछ । आयु  संभाव्यता जम्मा ६० वर्ष  भएको मेरो देशमा मेरो जिवनको २० – २२ वर्ष सम्म लाखै खर्च गर्दा पनि मैले कुनै पनि ब्यवहारिक ज्ञान पाउन सकिन् । हाम्रो शिक्षा प्रणाली शिक्षक केन्द्रित निर्देशन विधि छ जहाँ विद्यार्थीहरूलाई उनीहरूले के भनिएको थियो र उनीहरूले कसरी भनिएको थियो भनेर जान्नु आवश्यक मात्र छ । हामीले आउने पुस्तालाई बुझाउनु पर्छ कि ग्रेडहरूले मात्र हामीले सिकेका कुराहरूलाई प्रतिबिम्बित गर्दछन् (जुन विधि प्रयोग गर्न हामीलाई सिकाइएको थियो ) प्रभावशाली ग्रेडहरू प्रतिबिम्बित गर्न सक्दैनन कि हामी कसरी जीवनको लागि तयार छौ।

त्यस्ता प्रवृत्तिहरूले, धेरै जटिल र अप्रत्याशित मुद्दाहरूलाई साथसाथै देखा पार्नेछन् भने अध्ययन को एक कार्यक्रमले वा एक शिक्षक केन्द्रित विधि संग, अंक लक्षित परिक्षाले विद्यार्थीहरुलाई लामो अवधि को लागी तयार गर्न सक्दैन्। मेरो समाजको नजरले म शिक्षित ब्यक्ति हो तर मैले पाएको शिक्षा मैले ब्यवहारमा लागु गर्न सक्दिन् ।

मैले पाएको शिक्षामा नेपाल कृषि प्रधान देश हो भनेर सिकाईएको थियो तर मलाई कृषिको बारेमा कुनै ज्ञान छैन।

पढि लेखि ठुलो मान्छे बन्नु पर्छ है भन्ने मेरो समाजले आखिरी किन डाक्टर र इन्जिनियर मात्र ठुलो बनायो । किन हामीलाई हरेक पेशा अपनाउन मिल्छ र हरेक पेशा बाट सफल बन्न सकिन्छ भनेर सिकाईएन् ।

ब्यवहारिक कार्यले अनुभवात्मक शिक्षालाई बढावा दिन्छ।व्यावहारिक कामले विद्यार्थीलाई उपकरण र उपकरणहरूसँग परिचित गर्दछ जुन उसले प्रयोग गर्न आवश्यक पर्दछ। हामीले आउने पुस्तालाई कुनै पनि पेशा सानो र ठुलो हुदैन् भन्ने सिकाउनु पर्छ । हरेक पेशाको समाजमा आ-आफ्नै उत्तरदायित्व हुन्छ भन्ने कुराको ज्ञान दिनु जरुरी छ । अहिले कलिला भविष्यका कर्णधारहरुलाई किताबि ज्ञान मात्र नभई ब्यवाहरिक ज्ञान दिन जरुर छ ताकि पछि गएर उनिहरु सक्षम बन्न सकुन । डाक्टर र इन्जिनियर को दौडमा हामीले थुप्रै लेखक, कलाकार, ब्यापारी , कृषक , सिर्जनासिल ब्यक्तिहरुलाई गुमाउनु हाम्रो दुर्भाग्य हो ।

यो परिवर्तन हुनुपर्दछ ! शिक्षाले विद्यार्थीहरूलाई सच्चा मानव बन्न तयार पार्नु पर्दछ जसले एक परिवर्तनशील संसारमा अनुकूल हुन सक्दछ। विद्यार्थीहरूमा ठूलो मात्रामा ज्ञानहरू कायम गर्न कोशिस गर्नुको साटो, हामी विद्यार्थीहरूलाई विभिन्न सीपहरूसँग डिल गर्न सक्ने शिक्षाको प्रशिक्षण दिन ध्यान दिन सक्यौँ भने भविष्यमा आउने समस्याहरू र धेरै प्रकारका रोजगारहरूमा सफल हुनेछन् ।

प्रवेश भुसाल,
प्रशिक्षक होटल म्यानेजमेन्ट
तुलसीपुर उपमहानगरपालिका ०५, दाङ।

 

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *