दाङ, जेठ २९ ।
कैलालीमा बाढीले बगाउँदा दुई जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको शुक्रबार बिहान नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।
प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार उनीहरु बिहान च्याउ खोज्न स्थानीय जंगल गएका थिए ।
रातिको बर्षाका कारण नदीमा आएको बाढीले उनीहरुलाई बगाएको र शव वनदेवी मन्दिर पछाडि फेला परेको डिएसपी तिमिल्सिनाले बताए ।
प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरि रहेको प्रहरीले जनाकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
