तुलसीपुर, जेठ २६ ।
दाङको लमहीमा ट्रकमा पछाडिबाट मोटरसाइकल ठोक्किदा चालकको जनाको मृत्यु भएको छ । पछाडि सवार ब्यक्ति घाइते छन् ।
मंगलबार एका बिहानै भएको उक्त दुर्घटनामा परि मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुरका ३८ वर्षीय जिवन गिरीको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डा. हेमबहादुर केसीले बताए ।
गम्भीर अवस्थामा घाइते उनलाई उपचारका लागि लमही अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय धनिराम चौधरी घाइते छन् । लमहीको प्रारम्भीक उपचार पछि उनलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।
मंगलबार बिहान करिब पौने ५ बजेतिर लु १२ प ९८४० नम्बरको मोटरसाइकल ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडिको भागमा पछाडिबाट ठोक्किएको थियो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको उक्त ट्रक बिग्रिए पछि चालकले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ रातोडाँडास्थित सडक किनारमा पार्किङ गरि राखेका थिए ।
सोही ट्रकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाइकल पछाडिबाट ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते मङ्गलवार
