२०८३ बैशाख १९ गते शनिवार

सल्यानमा जग खन्दा ८६ बम फेला परे


दाङ, बैशाख १९ ।

सल्यानमा जग खन्ने क्रममा ८६ बमहरु फेला परेका छन् ।
शारदा नगरपालिका – ३ बयलडाँडास्थित जिल्ला प्रहरी कार्यालयको हाताभित्र प्रहरीका लागि स्कुल भवन बनाउन जग खन्ने क्रममा बैशाख ती बमहरु फेला परेका हुन ।
जग खन्ने क्रममा फेला परेका ८६ बिभिन्न बमहरु मध्य ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एउटा बोत्तल बम फेला परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए ।

प्रहरी निरीक्षक केसीका अनुसार जग खन्ने क्रममा त्यहाँ ७ वटा रेडियो वेभ , ५०० ग्राम एक्सप्लोसिभ पदार्थ , २ केजी बम बनाउन प्रयोग हुने पार्टसहरु र १० मिटर फाइरिङ केबलपनि फेला परेको थियो ।
ती बमहरु शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालयदेखि केही दक्षिणको जंगलमा लगेर नेपाली सेनाको टोलीले डिस्पोटज गरेको थियो ।
बम डिस्पोज गर्नका लागि नेपाली सेनाको सल्यानस्थित शिद्धबक्स गण, दाङ तुलसीपुरको १९ नम्मर बाहिनी र भैरहवास्थित काली भक्तिगणबाट डिस्पोज टोली पुगेको थियो ।
ती बम तथा बिस्फोट पदार्थहरु तत्कालिन नेकपा (माओबादी) को दश बर्षे सशस्त्र द्धन्दको समयमा प्रहरीले आफ्नो सुरक्षाको लागि गाडेर राखेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *