२०८३ बैशाख १७ गते बिहिवार

जंगलमा चराउन लगेका ३९ बाख्रा चट्याङ लागेर मरे


दाङ, बैशाख १७ ।
बाजुरामा जंगलरमा चराउन लगेका बाख्रा चट्याङले हानेर मरेका छन् ।

जिल्लाको स्वामी कार्तिक खापर गाउँपालिका – १ रानीसैन वनमा चराउन लगेका स्थानीय दुई किसानका खसी बाख्रा चट्याङले लागेर मरेका हुन । पानी परेपछि स्थानीय राउटे ओडारमा ओत लागेका खसी बाख्रालाई चट्याङले हानेको थियो । स्थानीय दुई जना किसानले पालेका ३९ वटा खसी बाख्रा चट्याङले लागेर मरेका हुन । थप ३९ खसी बाख्रा चट्याङ परेपछि जंगलमा बेपत्ता छन् ।

चट्याङले रानीसैनका सज्जन कडाराका ११ वटा र स्थानीय जसबिर रावलका २८ वटा खसी बाख्रा मरेका हुन । चट्याङ परेपछि जंगलतर्फ दौडिएका कडाराका १५ वटा र रावलका २४ खसी बाख्रा बेपत्ता छन् ।
बुधबार बेलुकी पख बर्षासहितको हावाहुरी संगै परेको चट्याङले राउटे ओडारमा ओत लागेका खसी बाख्रा मरेको बारे स्थानीय मानबहादुर रावलले बिहीबार बिहान इलाका प्रहरी कार्यालय स्वामी कार्तिकमा टेलिफोन मार्फत सूचना दिएका थिए ।
सूचनाका आधारमा बिहान इप्रका स्वामी कार्तिक बाट हवल्दार हेमबहादुर खड्काको नेतृत्वमा तीन जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलमा प्रहरीले ३९ खसी बाख्रा मरेको अवस्थामा फेला पारेको थियो भने थप ३९ खसी बाख्रा बेपत्ता रहेको र खोजी भइ रहेको प्रहरीले जनाएको छ ।

बढी पहिरोले मरे भेडा बाख्रा


जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार बैशाख १५ गते दिउँसो जिल्लाको त्रिवेणी नगरपालिका – ९ खोयामा स्थानीय कुलबहादुर साँउदका तीन वटा बाख्रा चट्याङले मरेका थिए ।
बाख्रा गोठ नजिकै मेलको रुखमा चट्याङ पर्दा गोठमा रहेका तीन वटा बाख्रा मरेको प्रहरी निरीक्षक शाहीले बताए ।
सोही दिन जिल्लाको जगन्नाथ गाउँपालिका – २ माथिल्लो हुनीमा अबिरल वर्षाको कारण पहिरो जाँदा त्यसमा परि भेडा र बाख्रा मरेका थिए ।
भयलपाटारचौका वनमा चराउन लगेर घर ल्याउदै गरेका जगन्नाथ गाउँपालिका – २ माथिल्लो हुनीका चैनबहादुर बिष्टका ५४ वटा बाख्रा मध्ये पहिरोमा परी २ वटा बाख्रा मरेका थिए भने ९ वटा बेपत्ता भएका थिए ।
सोही ठाउँका अमृत ल्वारका ५६ वटा बाख्रा मध्ये पहिरोमा परी ३ वटा मरेको तथा १४ वटा बेपत्ता छन् । प्रहरी चौकी कुन्ना बाट घटनास्थल पुगेका प्रहरी हवल्दार नन्द बिष्टका अनुसार राजबहादुर बिष्टका ४० वटा भेडा मध्ये पहिरोमा परी ५ वटा मरेको अवस्थामा फेला परेका थिए भने १० वटा बेपत्ता छन् । स्थानीय ऐनबहादुर बिष्टका ९५ वटा भेडा मध्ये पहिरोमा परी ३ वटा मृत अवस्थामा फेला परेका थिए भने ५ वटा बेपत्ता रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *