दाङ , कात्तिक ७ ।
बझाङका एक जना वडाध्यक्षको मृत्यु भएको छ ।
जिल्लाको बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० बर्षीय टंकप्रशाद जोशीको भीरबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो खर काट्ने क्रममा जोशी भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।
जोशीको उद्धारको लागि हेलीकोप्टर मागिएको थियो ।
तर, हेलिकोप्टर आइ नपुग्दै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जोशी २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित भएका थिए । त्यसअघि २०७४ सालमा उनी नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २०८३ कार्तिक ८ गते शनिवार
