२०८३ असोज २६ गते सोमवार

सुन तोलमा २,१०० ले घट्यो

तुलसीपुर , असोज २६ ।

सुन तोलामा सोमबार दुई हजार एक सय रुपैंयाँले घटेको छ ।


सुन प्रतितोला दुई हजार एक सयले घटेपछि सोमबार दुई लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भइ रहेको छ ।
सुन आइतबार तोलामा आठ सय रूपैयाँ बढेको थियो ।


त्यो दिन सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।


सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो ।
चाँदी तोलामा सोमबार चार हजार चार सय १५ पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आइतबार प्रतितोला चार हजार चार सय ४० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *