
गोविन्द खड्का , घोराही, कार्तिक ६ ।
प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरस्थित टरिगाउ एरपोर्टको थप बिकास गरिने बताएकी छन् ।
दाङ जिल्ला उधोग वाणिज्य संघले शुक्रबार घोराहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धितालले जिल्लाको स्वास्थ्य र पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने गरि टरिगाउँ एयरपोर्ट र स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बिकास लगाएतमा महत्व दिएको हुँदा नै सम्बन्धित क्षेत्रका मन्त्रीलाई जिल्लामा उपस्थित गराएर थप बुझ्ने काम भएको बताइन ।
त्यस्तै उनले देशका सबै शहर नाइटसिटी हुनुपर्ने जोड दिइन ।
काठमाडौंमापनि अझैं नाइट्सिटी बनि नसकेको भन्दै मुलुकका सबै सहरहरु नाइटसिटी बन्नु पर्छ भन्ने अडानमा आँफु सुरुदेखि नै रहेको उनको भनाइ थियो ।
त्यस्तै उनले मानसिक स्वास्थ्यको विषयपनि सरकारले गम्भीरता पूर्वक लिएको बताइन ।
‘लगतै मानसिक स्वास्थ्य विधेक आउदैछ,’ उनले भनिन् ‘ म आफै त्यसमा काम गरि रहेकी छु ।’
साथै उनले नागरिकका एजेन्डा सरकारले गम्भीरता पूर्वक सुनेको दाबी गरिन ।
नागरिकका एजेन्डा जुन पार्टीले उठाए पनि सरकारले उत्तिकै महत्व दिने गरेको उनको भनाइ थियो । उनले आँफुले उठेका सवाल गम्भिरता पूर्वक र सवेदनशिल भएर माथिसम्म पुर्याउने प्रतिबद्धता जाहेर गरिन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति किरण खनालले व्यवसायीको हक हितका लागि आफु सदै लाग्ने विश्वास दिलाए ।
दाङ जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष धुर्वकुमार गहतराजले नापतौलको कार्यालय स्थापना, औद्योगिक क्षेत्र निर्माण लगाएतमा भूमिका खेल्न आग्रह गरेका थिए ।
साथै उधारो नीति ल्याउन, स्वर्ग दारी जाने सडक स्तरोन्नति गर्न, अनुगमनलाई वयवसायी आतंकित हुने नबनाउन, कर तिर्ण सहज बनाउन आग्रह गरेका थिए ।
वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव माधव खनालले गरेका थिए ।
