२०८३ कार्तिक १० गते सोमवार

अस्मिता ९ ग्राम ब्राउन सुगरसहित पक्राउ

दाङ , कात्तिक ९ ।

९ ग्राम ब्राउन सुगरसहित कपिलबस्तु प्रहरीले एक जना २३ बर्षीया युवतीलाई गएराति पक्राउ गरेको छ ।
जिल्लाको शिवराज नगरपालिका – २ हल्लानगर बाट अस्मिता बोहोरा ९ ग्राम २४० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेकी हुन ।
आइतबार राति १० बजेतिर हल्लानगरस्थित घरबाटै बोहरालाई प्रहरीले उनको घरबाटै नियन्त्रणमा लिएको थियो ।

जिल्लाका प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले उनको घर कोठाको दराज माथि उक्त परिमानमा ब्राउन सुगर बरामद गरेको थियो ।

पक्राउ परेकी बोहरा माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *