२०८३ कार्तिक ११ गते मङ्गलवार

जस्ले आँफै बस्ने घरबाट ५ लाख नगद र सुनका गहना चोरी गरे

दाङ, कात्तिक १० ।
आँफु भाडामा बस्ने घरबाट नगद रकम र सुनका गरगहना चोरी गरि भागेका एक जना किशोर पर्राबाट पक्राउ परेका छन् । जस्लाई पर्साबाट पक्राउ गरि रुकुम पश्चिममा ल्याइएको छ ।
कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका – १० का घमण्डबहादुर बुढाको घरको कोठाबाट नगद ५ लाख १५ हजार र ८ आनाको सुनको तिलहरी चोरी भएको थियो ।
सोही घरमा पर्साको वीरगंजमहानगरपालिका – २१ सुकचैनाका १८ बर्षीय गणेशकुमार राम कोठा भाडामा बस्दै आएका थिए । उनी रुकुम पश्चिममा सडक मर्मतको काम गर्ने मजदुर थिए ।


चोरी पछि सोही घरमा कोठा भाडामा बस्दै आएका गणेशकुमार राम एकाएक सम्पर्क बिहिन भएका थिए ।
आफ्नो घरमा भएको चोरीको घटना बारे पीडित बुढाले प्रहरीमा निबेदन दिएका थिए ।
चोरी बारे प्रहरीमा जाहेरी परेपछि प्रहरीले घटना अनुसन्धान सुरु गरेको थियो । रुकुम पश्चिम बाट रामको खोजीका लागि खटिएको प्रहरी पर्रा पुगको थियो । त्यहाँ पुगेर रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले वडा प्रहरी कार्यालय श्रीप्ुर पर्सासंग समन्वय गरि कात्तिक ६ गते बेलुकी ७ बजेतिर आरोपी रामलाई घरबाटै नियन्त्रणमा लिएको जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिएका छन् ।


त्यसक्रममा प्रहरीले रामको घर कोठाको झोला खानतलासी गर्ने क्रममा चोरीको ५ लाख १५ हजार मध्य दुई लाख एक हजार नगद मात्रै फेला परेको थियो ।
त्यसपछि कात्तिक ८ गते उनलाई रुकुम पश्चिम ल्याइएको थियो । सोमबार जिल्ला अदालतले चोरी सम्बन्धि मुद्दामा अनुसन्धान गर्न ५ दिनको म्याद दिएको छ । राम माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *