तुलसीपुर, असोज १४ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत दाङको क्षेत्र नं. ३ मा रोचक प्रतिष्पर्धा हुन थालेको छ ।
दाङ क्षेत्र नं. ३ मा खसआर्य बाट पूर्व मन्त्री तथा पूर्व माननीय दीपक गिरी महाधिवेशन प्रतिनिधिको उम्मेदवार छन् । यहाँ पार्टी पूर्व केन्द्रीय सदस्य गिरीलाई युवाहरु चुनौतिका रुपमा खडा भएका छन् ।
खसआर्य कोटामा तीन जना निर्वाचित हुनुपर्ने ठाउँमा दीपक गिरीसहित ६ जनाका बीचमा प्रतिष्पर्धी हुन थालेको छ । अघिल्ला बर्षहरुमा यस्तो दृष्य देखिएको थिएन । केन्द्रीय सदस्यहरु स्वतह महाधिवेशन प्रतिनिधि बन्थे । तर, यसपाली काँग्रेस सबै नेता वडा तहबाटै चुनिनु पर्ने नियम बनाएको छ ।
त्यसैले युवाहरुले अग्रत तथा स्थापित नेताहरुलाई टक्कर दिने परिस्थिति सृजना भएको हो ।
यो क्षेत्रमा खसआर्यको रेशमा केन्द्रीय सदस्य केशव आचार्य, अग्रज नेता महादेब शाह, डा. नहकुल केसी, युवा नेत्र गिरी (बशन्त), शिशिर लामिछाने का बीचमा प्रतिष्पर्धा हुन थालेको छ ।
निर्वाचन अधिकृत केसीका अनुसार दाङ क्षेत्र नं. ३ मा १० खुल्ला केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ३७ जनाको बीचमा प्रतिष्पर्धा हुन थालेको छ ।
यस पटक संधैका चर्चित खेलाडी मानिने पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरी, प्रदेशसभाका पूर्व सांसद शंकर गिरी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का जस्ता चर्चित अनुहार भने महाधिवेशन प्रतिनिधिको रेशमा सहभागी छैनन् । पाका नेताहरु मध्य संविधानसभा सदस्य बुद्धिराम भण्डारी भने निर्वाचनको रेशमा सामेल छन् । जस्ले बिगमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेका थिए ।
त्यस्तै दाङ क्षेत्र नं. ३ को एक जना संघीय सभापतिमा पाँच जनाका बीचमा प्रतिष्पर्धा हुँदै छ । जस्मा खिमबहादुर वली, सुरेन्द्रबहादुर खड्का, किरणबहादुर शाह, कुमार लामिछाने र घनश्याम ढकाल मैदानमा उत्रिएका छन् ।
निर्वाचन अधिकृत केसीका अनुसार मतपत्र छपाइ लगाएत केही प्राबिधिक समस्याका कारण बिहान ९ बजेदेखि दोघरेस्थित तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा मतदान सुरु गर्ने गरि अन्तिम तयारी भइ रहेको निर्वाचन अधिकृत संजय केसीले बताए ।
