
दाङ, बैशाख १७ ।
नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ।
आज सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो।
त्यो भन्दा अघिल्लो दिन मंगलबारपनि सुनको मूल्य घटेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी तोलाको चार हजार आठ सय दश रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी अघिल्लो दिन प्रतितोला चार हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो ।
चाँदी आज प्रतितोला एक सय पाँच रूपैयाँ घटेको छ ।
प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार