दाङ, बैशाख ४ ।
रोल्पाका एक जना ५ बर्षीय बालकको लडेर मृत्यु भएको छ ।
जिल्ला त्रिवेणी गाउँपालिका – ६ सानो भुर्तीका बालाराम वलीको छोरा ५ बर्षीय शंकर वलीको आफ्नै घरको आगनमा खेल्ने क्रममा चोट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको संचार शाखाका अनुसार घरको आँगनमा राखेको खरमा हाम फाल्ने क्रममा बालक काठमा परी पेटमा चोट लाग्दा गम्भीर घाइते भएका थिए ।
बिहीबार दिउँसो ३ बजे बालक शंकरलाई चोट लागेपछि उपचारका लागि नेर्पा स्वास्थ्य चौकी जुँगारमा लगिएको थियो । उनको राति पौने ९ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार