२०८३ बैशाख ३ गते बिहिवार

झोलुङ्गे पुलवाट हाम फाल्दा १७ बर्षीय महेन्द्रको घटनास्थलमै मृत्यु

दाङ, चैत १ । रुकुम पश्चिममा झोलुङ्गे पुलबाट हाम फाल्दा एक किशोरले घटनास्थलमै मृत्यु भएको छ ।


शनिबार दिउँसो करिब ३ बजेरित महेन्द्रले मुसिकोट नगरपालिका – १ बराहटाकुरास्थित झोलुङ्गे पुलबाट झन्डै दुई सय मिटर मुनी आम फाल्दा कक्षा १२ मा अध्यनरत १७ बर्षीय महेन्द्र वलीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्लाको त्रिबेणी गाउँपालिका – १० टोट्के घर भएका उनी जिल्लाकै मुसिकोट नगरपालिका – १ कारागार नजिकै अध्यनका लागि कोठा भाडामा लिएर बस्दै आएका थिए ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरिप्रशाद पुनका अुनसार पुलबाट हाम फाल्नु भन्दा पहिले महेन्द्रले आफ्नो सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेखेका थिए ।

महेन्द्रको स्ट्याटसमा केटीले धोका दिएको कुरा उल्लेख छ । उनले प्रेमीलाई ‘पापीनी’को संज्ञा दिदै आफ्ना घर परिवारलाई ती केटीलाई नछोड्न आग्रह गरेका छन् ।


साथै उनले केटीबाट धोका पाएकै कारण सहन गर्न नसकी गतल बाटो रोजेको भन्दै आमा, बुवा लगाएत घर परिवार संग माफीपनि मागेका छन् ।


शनिबार दिउँसो किशोरले पुल बाट हाम फालेको खबर पाएपछि जिल्ला प्रहरी प्रबक्ता पुनको नेतृत्वमा दश जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले महेन्द्रको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *