२०८३ साउन २८ गते बिहिवार

३ बर्षीय बालकको टायरले किचेर मृत्यु

दाङ, माघ २२ । प्यूठानमा सडकमा रोकी राखेको पिकअप जीपको मुनी खेल्दै पुगेका तीन बर्षीय एक बालकको टायरले किच्दा मृत्यु भएको छ ।


जिल्लाको माण्डबी गाउँपालिका – ३ का शोभबहादुर थापाका ३ बर्षीय छोरा मिलन थापा बुधबार बेलुका साढे ६ बजेतिर खेल्दै गाडीको मुनी पुगेका थिए । जति खेर चालक पिकअप जीप बाट सामान छोड्न गएका थिए । त्यही बेला बालक मिलन खेल्दै गाडीको मुनी पुगेको कुरा चाकलले देखेनन् ।


सामान छोडेर आएपछिपनि उनी सोझै गाडीको स्टेरिङ पुगेर गाडी चलाएका थिए । जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार चालकले गाडी चलाउँदा टायरले बालक मिलनलाई टाउकोमा किचेको थियो ।

टायरले किचेर गम्भीर अवस्थाका बालक मिलनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा पुर्‍याइएको थियो ।

बालकको उपचारका क्रममा बुधबार बेलुकी ८ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए ।

माण्डबी – ४ उदपुरपुरकोटका चालक २४ बर्षीय डिलबहादुर घर्ती मगरले र पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो घटना बुधबार बेलुकी साढे ६ बजेतिर घटेको थियो ।


माण्डवी गाउँपालिका – ४ उदपुरपुरकोट बाट माझखोला तर्फ जाँदै गरेको लु ३ च ६७७७ नम्बरको पिकअप जिप माझखोलमा सडकमा चालकले सामान झार्नेको लागि रोकेका थिए । त्यही समयमा बालक मिलन खेल्दै गाडीको मुनी पुगेको प्रहरी निरीक्षक भट्टराइले बताए ।

चालकले गाडी रोकेर सामान झारेको र त्यसक्रममा उनले टायरको मुनी बालक घुसेको नदेखेपछि नहेरी गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *