२०८२ माघ २८ गते बुधवार

दिदी संगै फेला पारेपछि २२ बर्षे गोबिन्दको घर भित्रै कुटेर हत्या

मध्य राति खोलामा फालेका थिए शब


दाङ, माघ २१ । भदौ २३ गते बिहान दैलेखको भगवतीमाई गाउँपालिका – ४ बस्तडास्थित वडा नं. १ र ५ जोड्ने कट्टी खोलाको बीचमा झोलुङ्गे पुल नजिकै स्थानीय २२ बर्षीय गोबिन्द बिकको शब फेला पर्छ ।


गोबिन्दको शरिरै भरि निलडाम र घाउ खतहरु मात्रै थिए भने शरिरमा एउटै कपडा थिएन । घटनाको प्रकृति हेर्दा अनेत्रै गोबिन्दको निर्मम ढंगबाट हत्या पछि शब खोलाको बीचमा लगेर कसैले फालेका थिए भन्ने स्पष्ट आभास प्रहरीलाई थियो ।


गोबिन्दको शब फेला परेकै दिन उनका बुवा अमृते बिकले ज्यान सम्बन्धि कसुरमा जोहरी दर्ता गर्छन । बुवा अमृतेले छोराको हत्यारा पत्ता लगाउन सहयोगका लागि दिएको जाहेरीमा कसैको नाम भने उल्लेख थिएन ।


प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा गाउँका बिभिन्न ब्यक्तिहरुलाई ल्याएर सोधेको थियो । तर, सुराक फेला पार्न सकेको थिएन । यद्यपी हाल प्रतिबादी बनाइएका केही ब्यक्तिहरुलाई पनि प्रहरीले सोधपुछ गरि छोेडेको थियो ।

लामो अनुसन्धान अर्थात झन्डै चार महिना पछि गाउँकै एक जनाले घटना भएको रात आँफुले चिच्चाएको आवाज सुनेका ब्यक्ति को थिए ? भन्ने सुरार प्रहरीलाई खुलाउँछन् । प्रहरीले प्राप्त सुराक अनुसार फेरि ती ब्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

दोस्रो पटक भने प्रहरी समक्ष ती किशोरले साबिती बयान दिदै गोबिन्द हत्याको तथ्य उजागर गर्छन । दैलेखका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बरालका अनुसार सोही बयानका आधारमा गोबिन्दको हत्यामा प्रत्यक्ष संलग्नसहित केहीलाई पक्राउ गरिएको हो ।


गोबिन्दको हत्या घटनामा संलग्न सबैको पहिचान पछि बुवा अमृते बिकले पुस २९ गते प्रहरीमा कर्तब्य ज्यान मुद्दा सम्बन्धि सात जना बिरुद्ध किटानी जाहेरी दिएका थिए । हत्यामा संलग्न पाँच नाबालकसहित सातै जनालाई पक्राउ पछि माघ २१ गते पत्रकार सम्मेलन गरि डिएसपी बरालले उनीहरुलाई सार्वजनिक गरेका हुन ।

जस्मा दैलेख भगवतीमाई गाँउपालिका – ४ तुर्सु र वडा नं. २ बेस्तडा बजारमा बस्ने १७ बर्षीय दैलेख १२, उनकी सहोदर दिदी विवाह पछि बेस्तडा बजारस्थित माइती घरमा बस्दै आएकी कालिकोटको तिलागुफा नगरपालिका – ४ की २५ बर्षीया परिवर्तित नाम दैलेख १२ डी, दैलेखको भगवतीमाई गाँउपालिका – ४ तुर्सुका १६ बर्षीय परिवर्तित नाम दैलेख ८, सोही वडाका १९ बर्षीय सागर भनिने भुपेश विक, १५ बर्षीय परिवर्तित नाम दैलेख ९, बर्ष १७ का परिवर्तित नाम दैलेख ११ र जाजरकोटको शिवालय गाउँपालिका – ६, का १७ बर्षीय परिवर्तित नाम दैलेख– १० छन् ।


गोबिन्दको हत्या पछि दैलेख १२ घटनाको झन्डै १५ दिन पछि छिमेकी देश भारत गएका थिए । एक महिनाको अवधिमा उनकी २५ बर्षीया दिदीपनि भारत गएकी थिइन । दलित थरकी उनले कालीकोटका ठकुरी थरका युवक संग अन्तरजातिय बिवाह गरेकी थिइन । बिवाह पछि कमाउन भनेर उनका श्रीमान भारतमा मजदुरीका लागि गएको हुँदा दैलेख १२ – डी माइती घरमा बस्दै आएकी थिइन ।


दैलेखका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण पथभैयाका अनुसार माइती गाउँकै परपुरुष संगको प्रेम सम्बन्धमा रहेकी ती महिलाको माइती घर भगवतीमाई गाँउपालिका – ४ तुर्सु, र भगवती –२ बेस्तडा बजार गरि दुई ठाउँमा थियो । उनकी आमा तुर्सुस्थित गाउँको घरमा बस्थिन । बुवा कमाउन भनेर भारतमा थिए । बिबाहित छोरी अर्थात दैलेख – १२ डी बेस्ताडा बजारस्थित माइती घरमा बस्दै आएकी थिइन । जहाँ उनका भाइ अर्थात दैलेख १२ पनि संगै बस्थे ।


हत्या गरिएका गोबिन्दको लसपस दिदी संग छ भन्ने कुरा भाइले थाहाँ पाएका थिए । भिनाजु कमाउ बाहिर गएको समयमा आफ्नी बिबाहित दिदी संग गोबिन्दको लसपसको सम्बन्ध भाइलाई मन परेको थिएन ।

गोबिन्द हत्याका मुख्य योजनाकार दैलेख १२ भदौ २० गते तुर्सुस्थित आफ्नो गाउँको घरमा गएका थिए । घर नजिकैको तुर्सुदेखि बेस्तडा जाने सार्वजनिक बाटोमा एकै बिद्यालयमा अध्यनरत  दैलेख ८ , दैलेख ९ र पढाइ  छोडी सकेका   भुपेश विक लगाएत संग भेट हुन्छ । 

सोही दिन नै १७ बर्षीय दैलेख १२ ले गोविन्द विकको आफ्नी दिदी संगको सम्बन्ध बारे बताउँदै हत्या योजना बुन्छन् । मेरो दिदी संग बस्ने गोबिन्दलाई ठिक पार्नु पर्छ र त्यसमा तिमीहरुले मलाई सघाउनु पर्छ । म पनि समस्या पर्दा तिमीहरुलाई त्यसैगरि सघाउने छु भन्ने आश्वास्त पार्छन । 
एउटै विद्यालयमा कक्षा ९/१० अध्यनरतसहित पढाइ छोडिसकेका भुपेशले पनि साथदिन वाचा गर्छन । 

योजना अनुसार सोही दिन बेलुका सबै दैलेख १२ को बेस्तडास्थित घरमा गइ गोप्य रुपमा बस्छन् । उनीहरु बसेको कुरा दैलेख १२ डी ले समेत चाल पाएकी थिइनन् ।

उनी घरको सबै भन्दा माथिल्लो तलामा बस्थिन । उनीहरु सुटुक्क गइ बीचको कोठामा बसेका थिए । जहाँ उनीहरु गोप्य रुपमा दुई दिन बस्छन् ।


भदौ २२ गते बेलुकी साँझ ७ बजे तिर दैलेख १२ अन्य साथीहरुलाई कोठामै बस्न भन्दै निस्किन्छन् । उनी राति १० बजेतिर दैलेख १० लाई साथमा फर्किन्छन् ।


त्यसपछि दैलेख १२ आफ्नी दिदीको कोठामा गइ गोबिन्द बिकलाई समातेर बीचको कोठामा ल्याउँछन् । उनकी दिदी पछिपछी आउँछिन र केही नगर्न अनुनय गर्छिन । तर, उनी ढोका लगाइ सक्छ्न । भित्र कोठामा हुलेपछि आफ्ना साथीहरुलाई दैलेख १२ले सुरुमा ढुँगाले गोबिन्दको छातिमा प्रहार गर्छन ।


डिएसपी गणेशबहादुर बरालका अनुसार आक्रमणको पीडा खप्न नसकेर घाइते गोबिन्द बिक हार गुहार माग्दै चिच्चाएका थिए । जतिखेर दैलेख १२ ले गोबिन्दको घाँटी अठ्याएका थिए । त्यसपछि दैलेख ८, दैलेख ९, दैलेख १० लगाएतले मिलेर ढुङगा, दाउरा र फलामको रडले पटक / पटक छाति, पेट पिठ्यूँ र टाउकोमा प्रहार गरि घरको कोठा भित्रै गोबिन्दको हत्या गरेको डिएसपी बरालले बताए ।


हत्या पछि उनीहरुले गोबिन्दको शरिर बाट टोपी, पाइन्ट, सर्टदेखि जुत्ता सबै निकालेर नाङ्गो पार्छन । लासमा अण्डर वयर बाहेक केही बचेको थिएन । दैलेख १२ ले घरको कम्बल ल्याएपछि सबै मिलेर गोबिन्दको शब बेर्छन । शब बोरामा हाल्छन् ।


प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण पथभैयाका अनुसार त्यो लास हालेको बोरा दै

प्रकाशित मिति : २०८२ माघ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *