२०८२ माघ २३ गते शुक्रवार

तुलसीपुर – कपुरकोट सडक खण्ड १७ दिन बन्द गरिदै

दाङ, माघ १ । राप्ती लोकमार्ग अन्तगर दाङ – सल्यान कपुरपोट सडक खण्ड १७ दिन दिउँसोमा बन्द गरिने भएको छ ।

मर्मत कार्य चलिरहेको हुँदा माघ ८ गते २५ गतेसम्म बिहान ११ बजेदेखि हरेक दिन बेलुका ४ बजेसम्म हर्नेटी – कपुरकोट खण्डमा सवारी साधन संचालनमा रोक लगाइने भएको छ ।


सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र बिष्टले बुधबार सार्वजनिक सूचना जारी गरि १७ दिन ५ घन्टाका दरले सडक खण्ड बन्द रहने बारे जानकारी दिएका छन् ।

साथै साना र अत्यावश्यक सवारी साधनका लागि बैकल्पिक मार्ग पैंयाखोरीया – सातबास – किमुचौर – कपुरकोट हुँदै यात्रा गर्न सुझाइएको छ ।

त्यस्तै तुलसीपुर – कालीमाटी – लुहाम हुँदै यात्रा गर्न सकिने बिकल्प सुझाइएको छ ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *