२०८२ माघ २३ गते शुक्रवार

जीपको ठक्करबाट दुई महिला गम्भीर घाइते

दाङ, माघ १ । प्यूठानमा जीपको ठक्कर बाट पैदल हिडिरहेका दुई महिला गम्भीर घाइते भएका छन् ।


जिल्लाको गौमुखी गाउँपालिका – ४ की ३० बर्षीया कमला केसी र २८ बर्षीया माया सुनार गम्भीर घाइते भएका छन् ।
घाइते दुबै जनालाई ढाडमा गम्भीर चोट पटक छ । दुबै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइ रहेको छ ।

बिहीर बिहान पौने ५ बजेतिर माघे संक्रान्तिको अवशरमा लाग्ने गौमुखी मेला हेर्न जाँदै गरेका उनीहरुलाई डबल क्याप बोलेरो जीपले ठक्कर दिएको थियो ।


गौमुखी – २ अर्खादेखि गुल्मी जिल्ला तर्फ जाँदै गरेको लु. १ ज. ४८५७ नम्बरको डबल क्याप बालेरो जीपले उनीहरुलाई ठक्कर दिएको थियो ।

भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले प्रहरीले चालक र जीप नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *